नेकपा एमाले पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष वरुण ढुङ्गानाले स्कुले बालबालिकालाई ड्रेस प्रदान गर्नुभएको छ ।
वडा कमिटी अध्यक्ष ढुंगानाले आज एक कार्यक्रमको आयोजना गरी झिंगनादेबि प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ड्रेस प्रदान गर्नुभएको हो । विद्यालयका ४५ जना बालबालिकालाई वडा कमिटी अध्यक्ष ढुंगानाले ड्रेस प्रदान गर्नुभएको हो ।
ड्रेस पाएपछि बालबालिका खुशी भएका थिए । वडा कमिटी अध्यक्ष ढुंगाना आगामी दिनमा सहयोग गर्दै जाने बताउनुभयो ।
Facebook Comments