रोशी गाउँपालिका वडा नम्बर १२ मा एमालेको वडा कमिटी अध्यक्षमा प्रतिभा रायमाझी चयन हुनुभएको छ ।
हिजो भएको वडा अधिवेशनबाट प्रतिभा वडा कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । प्रतिभासंगै काभ्रेमा एमालेको वडा कमिटी अध्यक्ष बनेका महिलाको संख्या तीन जना पुगेको छ ।
रोशी गाउँपालिका-१२ वडा कमिटीको उपाध्यक्षमा असलमान भोम्जन, सचिबव दिनेश मैनाली र उपसचिबमा राजु रायमाझी र अर्जुन रायमाझी चयन हुनुभएको छ । सञ्चलाल स्याङतानको अध्यक्ष रहेको राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी र नरबहादुर मैनालीको अध्यक्ष रहेको सल्लाहकार कमिटी पनि चयन गरिएको छ ।
कात्तिक ६ गते भएको एमाले वडा अधिवेशनबाट बनेपा नगरपालिका वडा नम्बर ५ मा समिता थापा र वडा नम्बर १४ मा निर्मला तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमा १३५ वटा वडा छन् । एमालेले लगभग सबै वडामा कमिटी गठन गरिसकेको छ । एमालेले रोशी गाउँपालिका बाहेक सबै स्थानीय तहमा पालिका अधिवेशन पनि सकाईसकेको छ । रोशीमा कात्तिक २४ गते तोकिएको छ ।
जसमा धुलिखेल नगर कमिटी सहसचिबमा चिनीमाया तामाङ, बनेपा नगर कमिटीको सहसचिबमा रोशनी उपाध्याय, नमोबुद्ध नगर कमिटीको सहसचिबमा सम्झना लामा र भुम्लु गाउँपालिका कमिटीको सहसचिबमा उर्मिला बराईली चयन हुनुभएको छ ।
स्थानीय तहको पुनःसंरचनापछि पहिलो पटक राजनीतिक दलको अधिवेशन भैरहेकाले ऐतिहासिक मानिएको छ । नेपाली कांग्रेस काभ्रेले पनि सबै वडामा अधिवेशन सकिएको छ । एक जनापनि वडा समितिको नेतृत्व महिलाले गरेरका छैनन् ।
Facebook Comments