काभ्रेमा डिएपी मलको हाहाकार मच्चिएको छ । डिएपी मल नपाएर किसानहरू चिन्तित हुन थालेका छन् ।
काभ्रे जिल्लाभर आलु लगाउने सिजन सुरू हुनै लाग्दा डिएपी मल अभाव भएको हो । धुलिखेल स्थित कृषि सामग्री कम्पनीमा भदौदेखि डिएपी मल आयात नभएको कम्पनीका शाखा प्रबन्धक बासुदेव शर्माले मिलिजुली खबरलाई बताउनुभयो ।
‘भदौदेखि डिएपी मलको आयात ठप्प छ । किसानले मलको खोजी गर्न सुरू गरिसकेका छन् । तर कम्पनीको गोदाममा डिएपी मल छैन् । युरिया मल भने आउन थालेको छ । पोटास मल खरिद प्रक्रियामै छैन् ।’ कम्पनीका प्रबन्धक शर्माले भन्नुभयो ।’
प्रबन्धक शर्माका अनुसार यो महिनाको अन्तिम तिर भने डिएपी मल आउने छ । ‘आलुको सिजन सुरु भएकाले किसानहरूमा मल नपाउने चिन्ता हुनु स्वाभाविक हो । अन्य ठाउँका आलु बालीलाई मल दिन नसकेपनि पाँचखालमा आलु लगाउने बेलासम्म डिएपी मल आईसक्ने छ, प्रबन्धक शर्माले भन्नुभयो ।’
नेपालमा कृषि सामग्री कम्पनी र साल्डट्रेडिङ कम्पनीले मल बिक्री वितरण गर्दै आईरहेका छन् । तर यी दुबै कम्पनीसंग अहिले डिएपी मल छैन् । बाली लगाउने बेलामै आवश्यक मल नपाएपछि किसानहरू निराश हुन थालेका छन् ।
आलु खेती काभ्रेको प्राय जसो सबै ठाउँमा हुने गर्छ । त्यसमा पनि पाँचखाल, मण्डनदेउपुर, खोपासी, नाला क्षेत्रमा ब्यवसायीक रूपमा किसानले आलु खेती गर्दै आएका छन् ।
अहिले कृषि सामग्री कम्पनी धुलिखेलमा युरिया मल मात्रै छ । यो कम्पनीबाट काभ्रे सहित सिन्धुपाल्चोक, दोलखा जिल्ला पुरै तथा रामेछाप र ओखलढुंगा जिल्लाका केहि भागमा मल बिक्री हुँदै आएको छ ।
Facebook Comments