Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बेथानचोक-६ का वडाध्यक्षले बेवास्ता गरे, जनताले कुटो, कुदोलोले नै खनेर सिउरानीसम्म बस पुर्याए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बेथानचोक-६ का वडाध्यक्षले बेवास्ता गरे, जनताले कुटो, कुदोलोले नै खनेर सिउरानीसम्म बस पुर्याए
Spread the love
    

धेरैलाइ लागेको थियो, स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँ घरका समस्या छिटै समाधान हुन्छ ।

तर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ सिउरानीका जनाताले भने जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि कुनै अनुभुति गर्न पाएका छैनन् । गाउँमै गाडी पुर्याउने उनीहरूको चाहना वडा कार्यालयले कहिल्यै पुरा गरेन ।

महिनौंसम्म वडा कार्यालयबाट डोजर आउने आशमा त्यहाँका स्थानीय बसे । स्थानीयले गाउँसम्म गाडी पुग्ने बाटो फराकिलो बनाईदिन सके र जाने जति सबै प्रक्रिया गरे । २०७७ सालको माघ महिनामा वडाध्यक्ष विष्णु तामाङलाई सिउरानी मै लगेर बाटो देखाए । स्थानीयले सडक नहुँदा खेपिरहेको दुःख सुनाए । स्थानीयको अगाडि वडाध्यक्ष तामाङले सडक फराकिलो बनाउन डोजर पठाईदिने बाचा पनि गर्नुभयो ।

स्थानीयले २०७७ साल फागुन १८ गते पनि कुटो कोदालो लिएरै सडक फराकिलो बनाउन लागिपरेका थिए । त्यो कुरा वडा कार्यालयमा पुग्यो । वडाले फेरी डोजर पठाउँछु भन्यो । स्थानीयले काम रोके ।

वडाले डोजर पठाउने आशमा बसेका स्थानीय त्यो बेला निराश भए । जति बेला गाउँमा डोजर त पुग्यो । तर बाटो फराकिलो होईन दसैंमा साना गाडीलाई सजिलो होस भनेर खाल्डा खुल्डी पञ्छाएर फर्कियो । सिउरानीमा गत असोज २२ गते डोजर पुगेको थियो ।

सिउरानीमा २२-२३ घर धुरी रहेको एउटा बस्ती छ ।गाउँमाथिको छाप डाँडासम्म बस पुगेको लगभग १० महिना पुग्नै लाग्यो । सिउरानीसम्म बस पुर्याउने स्थानीयको तीव्र ईच्छा वडा कार्यालयले बेवास्ता गरेपछि स्थानीयहरू फेरी कुटो, कोदालो लिएर जुटे ।

प्रत्येक घरका एक जना अनिवार्य उपस्थित भए । यसको नेतृत्व कुमार थिङले गर्नुभयो । डोजरले केहि घण्टामै सकाउने काम २२-२३ जनाको पाखुरालाई दुई दिन लाग्यो । बिहानदेखि साँझसम्मै । आफ्नो सबै काम छोडेर सडक फराकिलो बनाउन कस्सिए सिउरानीका स्थानीय । छाप डाँडासम्म मात्रै चल्दै आएको बसलाई पुर्याए सिउरानीसम्मै । महिला, पुरुष र बृद्धाबृद्ध सबै जुटेका छन् ।

‘हामी यति हैरानी भयौ की म तपाईलाई शब्दमा वर्णन गर्दै सक्दिन । पटक पकट वडा कार्यालय धायौ । वडाध्यक्षलाई गाउँमै ल्याएर बाटोको अवस्था देखायौ । उहाँले त्यत्रा जनतासामु प्रतिबद्धता जनाउनुभयो । झन आश जाग्यो । तर यतिका महिनासम्म पनि वडाध्यक्षले सडक फराकिलो बनाउन चासो नदिएपछि हामीले कुटो, कोदालो, बेल्चा र गैंची लिएर प्रतिबद्धता गर्यौ की जसरी पनि गाउँमा बस पुर्याउने । नभन्दै हामी सफल भयौं । स्थानीय अगुवा कुमार थिङले भन्नुभयो ।’

स्थानीयले सारा काम छाडेर कुटो, कोदालो बोकेर सडक फराकिलो पार्दै गरेको फोटो, भिडियो सार्वजनिक हुँदा पनि वडाध्यक्ष विष्णु तामाङ भने सिउरानीकै जनाताको दोष देख्नुहुन्छ । मिलिजुली खबरसंग कुरा गर्दै वडाध्यक्ष तामाङले सहि समयमा आफुलाई त्यहाँका नागरिकले जानकारी नगराएर गल्ती गरेको बताउनुभयो ।

‘गाउँ पुगेको डोजरले बाटो फराकिलो पार्न नमानेको हो भने मलाई त्यहिबेला फोन गरेको भए समस्या समाधान हुन्थ्यो । त्यो बेला उहाँहरूले फोन गर्नु भएन । दोषी उहाँहरू नै हो । फेरी हिजोदेखि कुटो, कोदालो बोकेर सडक फराकिलो पार्दै हुनुहुन्छ भन्ने सुनेको छु । वडाध्यक्ष तामाङले भन्नुभयो ।’

वडाध्यक्ष ज्यू, सिउरानीका जनताले सडक फराकिलो मात्रै होईन बस नै गुडाईसके । अझै पनि मोड साँघुरो नै रहेको चालकले बताएका छन् । त्यो काँटछाँट गर्न डोजर पठाएर थोरै भए पनि जस लिनुस् । जनतालाई दोष दिएर जनप्रतिनिधि उम्कन मिल्छ र ?

स्थानीय अगुवा कुमार थिङका अनुसार आज पनि मोडलाई फराकिलो पार्ने काम भैसकेको छ । ‘हामी ज्यादै खुशी छौँ । आफ्नै बल र पसिना बगाएर बस गाउँसम्म पुर्याउन पायौं । वडाध्यक्षको आश्वासन धेरै पटक आयो । तर पुरा भएन । बसका चालकले मोड नपुगेको भन्नु भएको छ । आज मोडलाई थप फराकिलो बनाउन गाउँका हामी सबै लागि परेका छौं । थिङले भन्नुभयो ।’

बनेपाबाट रेम्बो यातायात प्रालिले सिउरानीसम्म बस चलाउन सुरू गरिसकेको छ । यस अघि छाप डाँडासम्म मात्रै बस चल्दै आएको थियो ।

Post Views: 277

Spread the love
    

Facebook Comments

Next Post
‘धुलिखेल संग्रहालय’को ८० प्रतिशत काम सकियो

'धुलिखेल संग्रहालय'को ८० प्रतिशत काम सकियो

नेकपा (एस) नमोबुद्ध नगरपालिका-१ मा कमिटी गठन, अध्यक्षमा पञ्च तामाङ

नेकपा (एस) नमोबुद्ध नगरपालिका-१ मा कमिटी गठन, अध्यक्षमा पञ्च तामाङ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!