Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेसमा अधिवेशनको सरगर्मी, एकैदिन दर्जनबढी ठाउँमा चियापान, नेताहरुको दौडधुप

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेसमा अधिवेशनको सरगर्मी, एकैदिन दर्जनबढी ठाउँमा चियापान, नेताहरुको दौडधुप
Spread the love
    

नेपाली काँग्रेस काभ्रेमा पनि यसको सरर्गी ह्वात्तै बढेको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको सातौं पटक संशोसधित निर्वाचन मिति अनुसार देश भरी आगामी मंसिर ३ गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन र ६ गते प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन हुदैँछ ।

काभ्रेमा जसो तसो काँग्रेसले वडा र पालिका अधिवेशन सकाएको छ । अहिले नेताहरु विभिन्न वडा कार्यालयको उद्घाटन, चियापान समारोह, वडा बैठक, पालिका बैठक लगायतको कार्यक्रममा जिल्लादेखि केन्द्रीय तहको नेताहरु ब्यस्ता देखिएका छन् ।

नेपाली काँग्रेसका युवा नेता गणेश लामा निकट मानिने नव निर्वाचित गाउँपालिका सभापति सागर मोक्तानले आज महाभारत गाउँपालिकामा केन्द्रीय महामन्त्री डा शसांक कोईरालाको प्रमुख आतिथ्यतामा बृहत चियापान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य शिव हुमागाई, जिल्ला सभापति मधु आचार्य, युवा नेता तथा काभ्रे क्षेत्र नं १ का क्षेत्रीय सभापति तीर्थ लामा, युवा नेता गणेश लामा लगायतका नेताहरु सहभागि हुने बताइएको छ ।

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत हिजोमात्र एक दर्जन ठाउँहरूमा शुभकामना आदानप्रदान, कार्यालय उद्घाटन लगाएतको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर का २ सभापति तथा पुर्व मन्त्री कन्चन चन्द्र वादे र कतै पाँचखाल नगरका मेयर तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सहसभापति महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

काभ्रेको क्षेत्र नम्ब्र १ मा क्षेत्रीय सभापति र प्रदेश क्षेत्रीय सभापतिहरूको बिषयमा बिभिन्न चर्चा चलेपनि हालसम्म उमेदवारहरूको नामावली भने सार्वजनिक भैसकेको छैन । बिगत ४ बर्ष देखि काभ्रेली जनताले जिल्ला सभापतिको रूपमा सम्भावित उमेदवार देखेका केन्द्रको संस्थापन पक्षको पनि आशीर्वाद प्राप्त भएका युवा नेता तीर्थ लामाले जिला सभापतिमा आफ्नो उमेदवारी घोषणा नगरेको कारण क्षेत्र नम्बर १ कांग्रेसमा थप अन्योल देखिन्छ ।

क्षेत्र नम्बर २ मा भने प्रतिनिधि सभाको क्षेत्रीय सभापतिको लागि जिल्लामा शिव हुमागाई पक्ष भनेर चिनिने केन्द्रमा केन्द्रीय महामन्त्री डाक्टर शसांक कोइरालासंग निकट रहेका सुन्दरमणि आचार्यले आफ्नो उमेदवारी वडा अधिवेशन पुर्व घोषणा गरि सक्रिय हुनुभएको छ ।

पौड्याल समुहको प्रतिनिधित्व गर्ने वर्तमान क्षेत्रीय सभापति कन्चन चन्द्र वादे फेरी सोहि पदमा उठ्ने चर्चा ब्यापक छ । तर पालिका अधिवेशनमा आफ्नै नगरमा आफु पक्षीय उमेदवार हारेपछि वादे निराश भएका छन् ।

बेथानचोक गाउँपालिकामा आफ्नै समीकरण अन्तर्गतको मछिन्द्र कुमार लामाको पराजयको प्रमुख कारण कन्चन चन्द्र वादे पक्षधर लालबहादुर श्रेष्ठ र दिल बहादुर श्रेष्ठ भएकाले मछिन्द्र कुमार लामा समुहले पनि क्षेत्रीय अधिवेशनमा सघाउनेमा कन्चन चन्द्र वादेले शंका गरेको पाइन्छ । त्यस कारणले पनि वादेले आफुलाई क्षेत्रीय सभापतिमा कमजोर महशुस गरेको देखिन्छ ।

जिल्लामा आचार्य समुहबाट सहमति भएमा क्षेत्रीय सभापतिको आकांक्षी युवा नेता महेश खरेल पनि देखिन्छन् । स्थानीय निकायमा बसेर सफल नेतृत्व गरेका खरेल क्षेत्र नम्बर २ को भुम्लु देखि बेथानचोकसम्म उतिकै लोकप्रिय देखिएका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ (क) तर्फ नारायण सापकोटा, तस्बीर लामा, अर्जुन सापकोटा, रन्जिव श्रेष्ठको चर्चा छ र भने २ (ख) तर्फ वर्तमान प्रदेश सभापति बिदुर घिमिरे, राम जोशी, महेश पौड्याल, भगवान अधिकारी, कमल तामाङ र रामहरी श्रेष्ठको चर्चा छ ।

प्रदेश सभापति बिदुर घिमिरे कम बोल्ने र भद्र स्वभावका मान्छिन् । घिमिरेको जनस्तरमा राम्रो प्रभाव देखिन्छ भने वर्तमान संगठन विभाग प्रमुख रामहरि श्रेष्ठ र पुर्व क्षेत्रीय सचिव कमल तामाङको धरातल पनि बलियो नै देखिन्छ ।

यो प्रदेशमा भने वेथानचोकको मछिन्द्र कुमार लामा पक्ष निर्णायक देखिन्छ । किन भने बेथानचोकमा मधु आचार्य, कन्चन चन्द्र वादे र शिव हुमगाई पक्षहरूको असहयोगका बाबजुद यो समुहले ६२ मत प्राप्त गरेको थियो भने तीन नेता एकीकृत हुँदा प्रेम बहादुर तिमल्सिनाले ८२ मत प्राप्त गरेका थिए ।

यो समुहमा भगवान घिमिरेको नेतृत्वमा विभिन्न वडाका प्रभावशाली नेताहरूको संलग्नता छ । अर्को उमेदवार बेथानचोकका भगवान अधिकारी बेथानचोकमा नै कमजोर देखिन्छन् । स्थानीय अधिवेशनमा बेथानचोकमा विवाद रहित बन्न नसक्नु उनको कमजोरी हो ।
बनेपाका राम जोशि र महेश कर्मचार्य समुहको सहयोग पनि महत्वपूर्ण पक्ष रहेको छ । बनेपा नगरको उमेदवार भएको हुनाले बनेपा नगरको मत बिदुर घिमिरे र रामहरि श्रेष्ठलाई बाँडिने सम्भावना पनि निकै धेरै बढी छ ।

Post Views: 186

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको खानीखाेला एमालेमा चरम विवाद, नव निर्वाचित सचिब गोलेले पोल खोले

काभ्रेको खानीखाेला एमालेमा चरम विवाद, नव निर्वाचित सचिब गोलेले पोल खोले

काभ्रे पोखरीचौरीका फ’रार कृष्ण ३ बर्षपछि प’क्राउ

काभ्रे पोखरीचौरीका फ'रार कृष्ण ३ बर्षपछि प'क्राउ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!