काभ्रेको बनेपा नगरपालिकाको वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) को भब्य भेला सुरू भएको छ ।
पाटी प्यालेस वडा नम्बर ६ का नेकपा (एकीकृत समाजवादी) कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, समाजसावी, बुद्धिजीवीले भरिएको छ । कार्यकर्ताहरू उत्साहित देखिन्छन् ।
बुडोल स्थित पाटी प्यालेसमा जारी भेलाले वडा कमिटी गठन गर्ने छ । भेलाको प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेकपा एसका केन्द्रीय सदस्य विदुर सापकोटा, विशेष अतिथि सांसद एवं नेकपा एसका प्रदेश कमिटी सचिब लक्ष्मण लम्साल, सांसद एवं नेकपा एसका काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाई हुनुहुन्छ ।
भेलालाई युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, नगर कमिटी अध्यक्ष रघुबरचौ प्रधान, अनेरास्ववियू काभ्रेका अध्यक्ष बदन भण्डारीले सम्बोधन गर्नु हुनेछ ।
भेलाको सभाध्यक्ष वडा अध्यक्ष सचिनन्द केसीले गर्नु भएको छ ।
Facebook Comments