नेकपा (एकीकृत समाजवादी) को मण्डनदेउपुर नगर कमिटी विस्तारित बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । आज जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाइबाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै कार्य विभाजन गरेको हो ।
बैठकले नगर कमिटीको बैठक नियमित गर्ने । नगरभित्रको सबै वडामा पार्टीको संगठीत सदस्यता वितरण गर्ने । वडा कमिटी गठन हुन बाँकी रहेको तीन वटावडामा जतिसक्दो छिटो कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पार्टी कार्यालय स्थापना र सञ्चालन गर्ने, नगर र वडास्तरीय अखिल नेपाल महिला संघ र उत्पीडित जातीय मुक्ति समाज गठन गर्ने निर्णय गरेको छ ।
बैठकले आर्थिक विभाग प्रमुखमा राम प्रसाद श्रेष्ठ, प्रचार विभाग प्रमुखमा गणेश पराजुली, स्कूल विभाग प्रमुखमा माधव न्यौपाने, संगठन विभागमा प्रमुख सते सिं तामाङ, युवा तथा खेलकुद विभाग प्रमुख नारायण ढकाल, उत्पीडित जातीय विभाग प्रमुखमा उमेश बलयकोटी र समाज कल्याण विभागको प्रमुखमा जर्नादन तिमल्सिनालाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी नगर कमिटीमा पदाधिकारी थप गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले नगर कमिटीको कार्यालय स्थापना गर्ने जिम्मा बलराम सापकोटा र राम प्रसाद श्रेष्ठलाई दिएको छ ।
Facebook Comments