काभ्रेको मण्डनदेउपुर नगरपालिकाले अटोको भाडा दर निर्धारण गरेको हो ।
नगरपालिका नगरभित्र चल्ने अटोको भाडा निर्धारण गर्दै नयाँ नियम तोकेको छ । न्यूनतम एक किलो मिटर को २० रूपैयाँ लिन पाउने गरी नगरपालिकाले भाडा तोकेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।
कुन्ताचोकबाट भाडा दर कायम गरिएको छ । सबैभन्दा बढी महँगो कुन्ताचोकबाट दोलालघाट र नगरकोटको भाडा छ । यी दुई स्थानको २३० तोकिएको छ ।
नगरपालिकाले यहि कार्तिक मसान्तभित्र अटो दर्ता गर्न गरिसक्न भनेको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्न पाईने छैन् ।
अटो चालकसंग अनिवार्य रुपमा सवारी सञ्चालन अनुमति पत्र चाहिँनेछ । नगरपालिकाले तोकेको बसपार्कमा मात्रै अटो पार्किङ गर्न पाईनेछ । चोकमा दुईवटा भन्दाबढी अटो पार्किङ गर्न पाईनेछैन् ।
कुन्ता चोकमा कुनैपनि सवारी साधन पार्किङ गर्न पाईने छैन् । पार्किङ गरेको पाईने कारबाही हुनेछ ।
नगरपालिकाले निर्धारण गरेको भाडाभन्दा भढी असुलेको पाईए नगरपालिकाको प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।
Facebook Comments