Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

भिमखोरीमा चिज उत्पादन केन्द्रले किसानलाई सजिलो

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, फिचर, समाचार, समाज
भिमखोरीमा चिज उत्पादन केन्द्रले किसानलाई सजिलो
Spread the love
    

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले दुर्गमका किसानलाई निकै सजिलो भएको छ ।

चिज उत्पादन केन्द्र २०२७ सालमा साविकको भिमखोरी गाविस वडा नम्बर १ जुगेपानी पौवामा दूग्ध विकास संस्थानले सञ्चालनमा ल्याएको थियो । २०५० सालदेखि २०६५ सालसम्म १५ बर्ष उत्पादन केन्द्र बन्द भएको थियो । अहिले पुनः सञ्चालनमा आएपछि किसानहरु हर्षित भएका छन् ।

बन्द भएको चिज उत्पादन केन्द्र सञ्चालनमा आएपछि गाउँमा भैसी पाल्नेको संख्या समेत बृद्धि भएको स्थानीय सुरेश कर्माचार्यले बताउनुभयो । ‘उत्पादन गरेको दूध त्यत्तिकै खेर जाला भन्ने छैन् । किसानले जति दूध उत्पादन गरेपनि यही केन्द्रले लिन्छ । बन्द हुदाँ किसानहरु धेरै दूखित पनि भए ।

तर अहिले गाउँमा भैँसी पाल्ने किसानको संख्या समेत बढेको छ । पहिलेको जस्तो टाढा टाढासम्म खच्चडलाई बोकाएर लैजानु पर्दैन् । हिउँदो याममा कतिपय किसानको गोठमै गाडी पुग्छ । कर्माचार्यले भन्नुभयो ।’

उत्पादन केन्द्रमा भिमखोरीको कातारचे, केरावारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको घ्याङलेख गाउँपालिकाका विभिन्न वडाहरुबाट सहकारीले दूध संकलन गरेर ल्याउने गरेका छन् । काभ्रे र सिन्धुलीको गरेर ८ वटा सहकारीले दैनिक दूध संकलन गरेर यो केन्द्रमा ल्याउने गरेको त्यहाँ कार्यरत कर्मचारी जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक रुपमा ७५० सयदेखि ८०० लिटरसम्म दूध जम्मा हुने गरेको छ । मासिक १५ लाखको हाराहारीमा कारोवार हुने केन्द्रले जनाएको छ । चिज उत्पादन केन्द्रमा संकलन भएको दूधबाट चिज, मखन, पनिर, नौनी लगायतका दूधजन्य परिकार बन्ने गरेको छ ।

यसरी उत्पादन भएका सामग्री काठमाडौंस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर विक्री गर्ने गरेको चिज उत्पादन केन्द्रमा कार्यरत कर्मचारी जीवन श्रेष्ठले बताउनुभयो ।

भिमखोरीको उच्च पहाडी भूभागमा पहिले यातायातको साधन नचल्दा स्थानीयले खच्चडलाई बोकाएर दूध चिज उत्पादन केन्द्रसम्म ल्याउने गरेका छन् । अझै पनि केहि ठाउँबाट भने खच्चडलाई नै बोकाएर किसान र सहकारीले दूध ल्याउने गरेको कर्मचारी श्रेष्ठले बताउनुभयो ।

‘बर्खायाम अझै पनि यातायातको समस्या छ । पहिले त सबै दूध खच्चडलाई नै बोकाएर यहाँसम्म सहकारी र किसानले ल्याउने गर्थे । तर अहिले धेरै जसो त गाडीबाट ढुवानी हुने गरेको छ । गाडी आएपछि धेरै सजिलो भएको छ । श्रेष्ठले भन्नुभयो ।’

Post Views: 259

Spread the love
    

Facebook Comments

Next Post
रोशीमा ट्याक्टर दु र्घटना, चार जना घाइते

रोशीमा ट्याक्टर दु र्घटना, चार जना घाइते

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!