धुलिखेल नगरपालिकामा नेकपा एमालेले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व पाएको छ ।
नेतृत्वका लागि धुलिखेल एमालेमा पनि महत्वकांक्षी कम भने थिएनन् । र पनि नेताहरूले आकांक्षीलाई सहि समयमा ब्यवस्थापन गरे । ढिलै भए पनि मतदानको अवस्थामा अधिवेशनलाई पुर्याएनन् ।
धुलिखेलमा एमालेले अधिवेशन साँच्चै भब्य गर्यो । पुरानो बसपार्क, अरनिको शालिकको प्राङगणमा सबै वडाका निर्वाचित वडा कमिटीका पदाधिकारी, सदस्य, नेता, संगठीत सदस्य, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक भेला भए । नगरभित्रका पहिचान झल्कने नेवार र तामाङ समुदायको झाँकी । बाजागाजा सहित बजार परिक्रमा गरे ।
पार्टीको उत्सव मनाउन उनीहरू र्यालीमा सहभागी भए । कोहि नाचे । कसैले पार्टीको नारा लगाए । खुशीले गदगद भए । र्यालीको पहिलो घेरामा हुनुहुन्थ्यो एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ ।
बजार परिक्रमा गरिरहेको दृश्यले भन्थ्यो अब आउने स्थानीय तहको निर्वाचनमा पनि एमालेको जीत सुनिश्चित छ । अनि फेरी यसैगरी विजयीको र्याली धुलिखेल नगरपालिकाको १२ वटै वडामा परिक्रमा गर्नेछ । जुन र्यालीमा बेला सयौँ नागरिक आफ्नो नव निर्वाचित जनप्रतिनिधिसंगै आफ्नो गाउँघर डुल्ने छन् ।
अनि र्याली पुग्यो कार्यक्रम हुने हल तर्फ । धुलिखेल नगरपालिकाले बनाएको भब्य हलमा सबै प्रवेश गरे । हल पुरापुर भरियो । हलभित्र सकेसम्म सबैलाई बस्ने ब्यवस्था गरिएको थियो । एकैछिनमा पूर्व मन्त्री एवं एमाले काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटा आईपुग्नुभयो । कार्यक्रम उदघाटन गर्नुभयो ।
नेतृत्वको महत्वकांक्षी बढ्दै थिए । नेताहरू पनि दबाबमा पर्दै जानु स्वभाविक थियो । नेताहरू र कार्यक्रमले सोचे भन्दा नेतृत्वमा केहि फरकपन देखियो । साँझसम्म पनि नेतृत्वमा सहमति नभएपछि धेरै जसो निराश हुँदै घर हिँडे । तर समय अबेर नै भएपनि अधिवेशन स्थगित नगरि नेतृत्व टुंग्याए ।
अधिवेशनले अध्यक्षमा दयाराम महत, उपाध्यक्षमा निरज खड्का, सचिबमा बिष्णु धिताल काभ्रेली, उपसचिबमा कृष्ण हरी कोइराला र चिनीमाया तामाङको नाममा पदाधिकारीमा सर्बसम्मत बन्यो । सबै जना विश्राम गर्न लागे ।
भोली पल्ट नव निर्वाचित नगर कमिटीलाई उदघाटन गरेकै हालमा बोलाईयो । जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिकाका अशोक कुमार ब्याञ्जु श्रेष्ठले बधाई तथा शुभकामना दिनुभयो ।
आ आफ्नो पद अनुसारको निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरणपछि फोटो सेसन चल्यो । एकले अर्कोलाई बधाई तथा शुभकामना दिंदै फोटो खिचाए । ‘जति स्वादिलो ढंगले अधिवेशन उदघाटन गरिएको थियो । त्यत्तिकै नै मिठो तवरले समापन भयो ।
प्रशंसनीय थियो । एमाले धुलिखेल नगर अधिवेशन । यसरी उदघाटन र समापन उस्तै ढंगले सकिएको निकेहै कम मात्रै कार्यक्रम हुन्छन् । यसको श्रेय युवा संघ नेपाल धुलिखेल नगर कमिटीलाई दिँदा अन्याय हुँदैन्।
धुलिखेल नगर कमिटीले जस्तै अन्य ९ वटा पालिकाले पनि अधिवेशन गरिदिएको भए आहो । क्या गज्जब हुन्थ्यो होला ।
Facebook Comments