नमोबुद्ध नगरपालिकामा एमाले अधिवेशनमा मतदानबाट पदाधिकारी टुंगो लागेको छ ।
जिल्ला र नगरपालिका स्तरीय नेताहरूको सर्वसम्मत बनाउने प्रयास असफल भएपछि मतदानबाट पदाधिकारी टुंगो लगाईएको हो । जिल्लाको ९ वटा पालिकामा सहमति नै पदाधिकारी टुंगो लगाईएको थियो ।
नमोबुद्ध नगरपालिकामा एमालेले सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन् । तर जसले सहमतिमा भाँजो हालेर र मतदानको अवस्थासम्म पुर्याउन बाध्य पारे उनीहरू भने सबै पराजित भएका छन् ।
एक जना अध्यक्षको लागि चार जना उम्मेदवार बीच मतदान भयो । जसमा ८१ मत ल्याएर कृष्ण खनाल नगर अध्यक्षमा निर्वाचित हुनुभयो । सञ्जीव ढकालले ४४, पुर्ण पान्डेले ११ र उद्धव हुमागाईले ४६ मत ल्याउनुभयो ।
उपाध्यक्षमा कृष्ण बहादुर तामाङले सानदान ढंगले विजयी हुनुभयो । उपाध्यक्ष लागि र निर्मला सापकोटा भुर्तेल बीच मतदान भएको थियो । मत परिणाम अनुसार तामाङले ११३ मत ल्याउँदा भुर्तेलले ६० मतमा मात्रै चित्त बुझाउनु परेको छ ।
सचिबमा गणेश लामा पनि सानदार विजयी हुनुभएको छ । सचिबमा लामा सहित निरोज पाण्डे र उपेन्द्र अधिकारी बीच मतदान भएको थियो । जसमा लामाले १०३ मत ल्याएर विजयी हुँदा पाण्डेले १५ मत र अधिकारीले ५५ मत प्राप्त गर्नुभएको थियो ।
नगर अधिवेशनबाट चयन हुने २ जना उपसचिबमा ८ जनाले प्रतिस्पर्धा जनाएका थिए । त्यसमा हरिराम प्याकुरेल ५६ मत र सम्झना लामा ६१ मत ल्याएर विजयी हुनुभयो ।
केदार प्रसाद ओझाको ६ मत, सुरजकुमार न्यौपानेको २८ मत, कान्छामान लामा (तामाङ) को ३६ मत, कृष्ण कुमार लामाको ४० मत, गंगादेवी लुइँटेल (तिमल्सिना) को ३९ र अर्जुन बहादुर कार्कीले ५० मत प्राप्त गर्नुभएको हो ।
Facebook Comments