काभ्रेमा एमालेले १२६ वटा वडामा अधिवेशन सकिएको छ ।
एमाले काभ्रे पार्टी कार्यालय सचिब हरि मैनालीका अनुसार अब ९ वटा वडामा अधिवेशन हुन बाँकी छ । जिल्लामा १३५ वटा वडा रहेका छन् । कार्तिक ६ गते वडा अधिवेशन सुरू गरेको थियो ।
बाँकी ९ वटा वडामा कार्तिक १३ गतेभित्र अधिवेशन सकिने कार्यालय सचिब मैनालीले जानकारी दिनुभयो । अधिवेशन सकिएका सबै वडाहरूमा सर्वसम्मत वडा कमिटी गठन गरिएको छ ।
एमालेले भोली स्थानीय तहको अधिवेशन गर्दै छ । पाँचखाल, मण्डनदेउपुर, बनेपा लगायत नगरपालिकाको अधिवेशन पूर्व मन्त्री गोकुल बाँस्कोटाले उदघाटन गर्नु हुनेछ ।
भोली १३ मध्ये १० वटा स्थानीय तहमा अधिवेशन हुने कार्यालय सचिब मैनालीले बताउनुभयो । रोशी, खानीखोला र बेथानचोक गाउँपालिकामा भोली अधिवेशन हुने छैन् ।
Facebook Comments