दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ५ जना व्यक्तिहरु प क्राउ परेका छन् ।
काठमाण्डौ चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा पुगेको प्र हरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ का २६ बर्षीय युवक लामा सहित ५ जनालाइ प क्राउ गरेको हो ।
नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रूपेश अधिकारी, संखुवासभा जिल्ला सिलिचुङ गाउँपालिका वडा नम्बर २ का २२ बर्षीय अरुण राई , सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ का २० बर्षीय सुभाष गिरी र रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ का २० बर्षीय दावा घले छन् ।
उनीहरूको साथबाट रेड पाण्डाको छाला थान १ र बिभिन्न ब्राण्डका मोबाईल थान ६ बरामद गरिएको प् हरीले जनाएको छ ।
Facebook Comments