सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले १७ जना अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरेको छ ।
आज पालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उपप्रमुख हेमगंगा मोक्तानले १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।
क वर्गको १ जना, ख वर्गको ८ जना, ग वर्गको ५ जना र घ वर्गको ३ जना गरी जम्मा १७ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
Facebook Comments