नेकपा एमालेले तेमाल गाउपालिकाको सबै वडा कमिटीहरुको अधिबेशनबाट वडा कमिटी अध्यक्ष, पदाधिकारी चयन गरेको छ ।
तेमाल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा
इन्द्र अधिकारी, वडा नम्बर २को अध्यक्षमा बिरनन्द तामाङ, वडा नम्बर ३ को अध्यक्षमा नेत्र बहादुर तामाङ, वडा नम्बर ४ को अध्यक्षमा धनलाल लामा, वडा नम्बर ५ को अध्यक्षमा विवेक तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसै गरी वडा नम्बर ६ को अध्यक्षमा पाल्देन लामा, वडा नम्बर ७ को अध्यक्षमा खुशराज लामा, वडा नम्बर ८ को अध्यक्षमा औलत सिङ तामाङ र वडा नम्बर ९ को बुद्ध राम तामाङ रहनु भएको छ ।
नेकपा एमालेले भुम्लु गाउँपालिकाका सबै वडामा पनि अधिवेशन सकाएको छ ।
भुम्लु गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा बिष्णु लामा, वडा नम्बर २ को अध्यक्षमा बिर बहादुर भण्डारी, वडा नम्बर ३ को अध्यक्षमा ज्ञानु लामा, वडा नम्बर ४ को अध्यक्षमा जस्बीर लामा, वडा नम्बर ५ को अध्यक्षमा राम कुमार खड्का रहनुभएको छ ।
त्यसै गरि वडा नम्बर ६ को अध्यक्षमा प्रेम श्रेष्ठ, वडा नम्बर ७ को अध्यक्षमा रमेश राज खरेल, वडा नम्बर ८ को अध्यक्षमा एक राज श्रेष्ठ, वडा नम्बर ९ को अध्यक्षमा माधब पराजुली र वडा नम्बर १० को अध्यक्षमा गेापाल तामाङ सर्वसम्मत चयन हुनुभएको एमाले भुम्लु गाउँपालिकाका ईन्चार्ज प्रेम लामा जानकारी दिनुभयो ।
चौरी देउराली गाँउपालिकामा पनि एमालेले सबै वडामा अधिवेशन सकिएको छ । वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा औतार लामा, वडा नम्बर २ को अध्यक्षमा छत्र बहादुर प्रधान, वडा नम्बर ३ को अध्यक्षमा कृष्ण प्रसाद चौलागाईं, वडा नम्बर ४ को अध्यक्षमा बद्री प्रसाद गौतम निर्वाचित हुनुभएको छ ।
यस्तै वडा नम्बर ५ को अध्यक्षमा मीन प्रसाद फुयाल, वडा नम्बर ६ को अध्यक्षमा डिल्ली प्रसाद चौलागाईं, वडा नम्बर ७ को अध्यक्षमा बल बहादुर लामा, वडा नम्बर ८ को अध्यक्षमा सुरज राज पन्त चयन हुनुभएको छ । वडा नम्बर ९ मा भने अधिवेसन हुन बाँकि रहेकाे छ ।
काभ्रेको अतिविकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका पनि एमालेले वडा अधिवेशन सकाएको छ । वडा नम्बर १ को अध्यक्षमा दिलदास श्रेष्ठ, वडा नम्बर २ को अध्यक्षमा जनक बहादुर मोक्तान, वडा नम्बर ३ को अध्यक्षमा हरि अस्तानी, वडा नम्बर ४ को अध्यक्षमा दास बहादुर जर्गा चयन हुनुभएको छ ।
त्यसै गरी वडा नम्बर ५ को अध्यक्षमा अजय थिङ, वडा नम्बर ६ को अध्यक्षमा कुमार सिं लामा, वडा नम्बर ७ को अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ र वडा नम्बर ८ को अध्यक्षमा प्रविन दर्लामी रहनुभएको छ ।
Facebook Comments