काभ्रेमा एमालेको वडा अधिवेशन धमाधम चलिरहेको छ ।
आज एमालेको दशैभर एकसाथ वडा अधिवेशन गर्ने निर्धारित कार्यक्रम अन्तर्गत काभ्रेमा पनि वडा अधिवेशन धमाधम भैरहेका हुन् ।
जिल्लाको १३ वटा स्थानीय तह अन्तर्गतका १३५ वटै वडामा एमालेको अधिवेशन भैरहेको छ । महाभारत गाउँपालिकाको वडा नम्बर ८ मा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको अनेरास्ववियूका केन्द्रीय कोषाध्यक्ष जेनिश लामाले जानकारी दिनुभयो ।
प्रायजसो वडा अधिवेशनमा जिल्ला र केन्द्रीय तहका नेताहरू पुगेका छन् । केन्द्रीय सदस्य तथा एमाले काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटा आफैले पाँचखाल नगरपालिकाको कतिपय वडा अधिवेशन उदघाटन गर्नुभएको छ ।
पूर्व मन्त्री समेत रहनु भएका बाँस्कोटा जिल्लाका अन्य थ्रुपै वडाहरूमा समेत पुग्ने कार्यक्रम रहेको बताईएको छ ।
Facebook Comments