कतिलाई लाग्दो यो फोटो त धेरै वर्ष अघिको । तर नझुक्किनु यो फोटो दुई अघिको मात्रै हो ।
दशैं मनाएर आ आफ्नो कामको लागि सहर आउँदै गरेका काभ्रेको महाभारत गाउँपालिकाका यात्रुले यो पटक पनि निकै सास्ती खेप्नु पर्यो ।
कार्तिकको पहिलो साता नै परेको बेमौसमी झरीले यो पटक डाँडापारीका स्थानीयलाई नराम्रोसंग सास्ती दियो । गोकुले माध्यामिक विद्यालयका शिक्षक मोहन श्रेष्ठले यो पटक दशैं मनाए सहर फर्कने महाभारत गाउँपालिकाका विभिन्न ठाउँका यात्रु निकै सास्ती बेहोरेको बताउनुभयो ।
बर्खा सुरू भएसंगै अवरूद्ध भएको सडक जेनतेन दशैंमा घरका पुगेका थिए डाँडापारीका स्थानीय । तर कार्तिके झरीले सडकलाई बर्खाकै अवस्थामा पुर्यो । स्थानीय जनप्रतिनिधिले कुनै चाँसो दिँए । यात्रु आफैले डोरी लगाएर बसलाई थाने ।
बाटो बिग्रिएको बारे सर्वसाधारणले जनप्रतिनिधिलाई खबर गर्नु पर्छ । अन्यथा जनप्रतिनिधि थाहा पाएर पनि कानमा तेल हालेर बस्छन् ।
राज्य पुनर्संरचनापछि निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्तिम बर्ष आईपुग्दा पनि महाभारत र खानीखोला गाउँपालिकाका स्थानीयले अप्ठ्यारो सडकको यात्राबाट मुक्ति पाएका छैनन् ।
महाभारत गाउँपालिकासंग आफ्नै डोजर छ । तर त्यो डोजर हत्तपत्त बिग्रिएको सडक मर्मतसम्भारका लागि प्रयोगमा ल्याईदैन । के डोजर हेर्ने, अप्ठ्यारो सडकमा ज्यानलाई बाजी लगाएर महाभारत गाउँपालिकाका स्थानीयले यात्रा गर्नु पर्ने हो ?
Facebook Comments