काभ्रेको पनौतीमा कवि, नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह ‘मनको वारपार’ तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह ‘पुर्णपात्र’को लोकार्पण गरिएको छ ।
समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा आज एक भव्य समारोह विच दुई मुक्तक संग्रह लोकार्पण गरिएको कार्यक्रम आयोजक संस्थाका महासचिव समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा,साहित्यकार,कवि सुर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको बिकासको निम्ति नगरपालिका जहिल्यै साथ सहयोग गर्न तयार रहेको बताउनु भयो ।
धेरैले मन पराउमे मानिएको विधा मुक्तकका लोकार्पण गरिएका ‘मनको वारपार’ को वारेमा टिप्पणी समालोचक डा.लेखप्रसाद निरौला तथा ‘पुर्णपात्र’को बारेमा टिप्पणी साहित्यकार सुर्य लाकोजुले गर्नु भएको थियो ।
मनको वारपारमा १ सय १ वटा समसामयिक राजनीतिक दुराबस्था, प्रेम विछोड, अभाव, अमानवीयता आदि बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएका छन् ।
कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए भने कृतिका श्रस्टाहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।
बिशिष्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रस्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गर्नुभयो । अर्का बक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गर्नुभयो ।
लोकार्पण कार्यक्रममा साहित्यकार डा.सुमन ताम्राकार, गायक विजयराम कर्माचार्य, शिक्षासेबी रामप्रसाद अधिकारी, साहित्यकार तुइकाजी ताम्राकार, कथाकार दिनमान गुर्माछन, नगरउप प्रमुख गीता बन्जारा, कवि, पत्रकार निर्भिक जङ रायमाझी लगायत नगरका जनप्रतिनिधि उपस्थित भएका थिए ।
Facebook Comments