प्र हरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चो री गर्ने एक युवालाई प क्राउ गरेको छ ।
महानगरीय अ पराध महाशाखाको टोलीले यसरी चो रीमा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर नाम गरेका युवालाई प क्राउ गरेको हो ।
मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख चो रेका थिए ।
त्यस्तै कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल, कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चो री गरेको प्र हरीले जनाएको छ ।
Facebook Comments