काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ५ को घट्टे खोलामा (बोसे खोला) बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दोलालघाटबाट चौरिदेउरालीतर्फ सामान लिएर जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो गए राति दुर्घटनामा परेको प्रहरी चौकी सल्ले भुम्लुले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बोलेरो चालक चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ का ४९ वर्षीय कमल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
श्रेष्ठको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
।
बोलेरोमा चाकल श्रेष्ठमात्र सवार थिए । सामानको लोडले भरिएको बोलेरो उकालोमा फोरह्वील लगाउने क्रममा दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
Facebook Comments