रोशी गाउँपालिकाका अध्यक्षमा निवार्चित भएर आफ्नो कार्यकालको अन्तिममा रहेनु भएका अध्यक्ष डिबी लामाले कार्यालयमै हर्ष उल्लासका साथ यो बर्षको दशैलाई बिदाई गर्नुभएको छ ।
दशैंको समापन गर्दै अध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुक लेख्नु भएको छ: ‘गाउँपालिका भित्रका ईच्छुक जनप्रधीनिधि तथा कार्यरत ईच्छुक कर्मचारी साथिहरुसँग शुभ कामना, टिका, प्रसाद तथा आशिर्वाद आदान प्रदान गर्दै आज कोजाग्रत पुर्णिमाको दिन २०७८ सालको वडा दशैं समापन गरियो ।
तपाईं हामी जहाँ पुगे पनि जहाँ रहे पनि यो अवसर अविस्मरणीय क्षणको रुपमा हामी सबैको मानस्पटलमा रहिरहने छ भन्ने बिस्वाश लिएको छु ।
हामी बिचको समन्वय सहयोग कहिल्यै भुल्ने छैन ।
सबै खालका धर्म कला संस्कृतिको संरक्षण सहित उत्सवमा उत्साहित हुनु हाम्रो दायित्व भित्र पर्दछ । त्यसको अलावा पालिकामा आफ्नो कार्य सम्पादनको क्रममा जत्ती नै चुनौतिपुर्ण रहे पनि उर्जाशिल जनप्रधीनिधिहरु र अनुभवी कर्मचारी साथिहरुको सहयोगले आफ्नो कार्यकालको अन्तिम दशै आइपुगेको पत्तै नपाएकोमा यहाँहरुको माया सदभाव सहयोगकोलागी हार्दिक आभार सहितको धन्यवाद ट्यक्राउदै !
हामी जहाँ रहे पनि सबै साथिहरुको आगामी दिनहरुको दशैहरु सुनौलो र खुशिमय होस । फेरी पनि सबैमा हार्दिक शुभ कामना !’
रातो र सेतो छुट्टाछुट्टै थालीमा टिका मुझिएको थियो ।
अध्यक्ष लामाले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार सेतो टिका लगाउनु भएको थियो । रातो टिका लगाउने समुदायका जनप्रतिनिधि र कर्मचारीलाई अध्यक्ष लामाले रातो टिका लगाएर आर्शिवाद र दक्षिणा दिनु भएको थियो ।
Facebook Comments