Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, जीवनशैली, फिचर, समाचार, समाज
आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन
Spread the love
    

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।

आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउँनु हुन्छ ।

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

महालक्ष्मीसँगै हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ। कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ।

आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ। चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधबार परेको हो ।

कार्तिक स्नान र आकाशदीपदान पनि बुधबारदेखि नै सुरु हुने समितिले जनाएको छ ।

Post Views: 137

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको कामीडाँडा घटनाको वास्तविकता

काभ्रेको कामीडाँडा घटनाको वास्तविकता

कात्तिके झरीले काभ्रेका अधिकांश ग्रामीण सडक अवरुद्ध, आवतजावतमा समस्या

कात्तिके झरीले काभ्रेका अधिकांश ग्रामीण सडक अवरुद्ध, आवतजावतमा समस्या

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!