Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कस्तो रह्यो पनौती नगरपालिकामा निर्वाचित महिला र दलित महिला जनप्रतिनिधिको चार बर्ष ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
कस्तो रह्यो पनौती नगरपालिकामा निर्वाचित महिला र दलित महिला जनप्रतिनिधिको चार बर्ष ?
Spread the love
    

‘म दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि । चुनावमा होमिदैँ गर्दा खासै राजनीतिको अर्थ बुझेंको थिईन् । निर्वाचित भएर आएपछिका दिन निकै अर्थपूर्ण लागिरहेको छ ।’ पनौती नगरपालिका वडा नम्बर ८ की जनप्रतिनिधि चण्डिका परियारले भन्नुभयो ।

चण्डिकाले जस्तै बितेको चार बर्षमा दलित महिला र महिला जनप्रतिनिधिले आफ्नो ब्यक्तित्व विकासलाई निकै निखारेको पाईन्छ । उनीहरूसंग तिता र मिठा दुबै भोगाई छन् । तितोभन्दा मिठो भोगाई बढी छ । त्यहि मिठो भोगाईले महिला र दलित महिला जनप्रतिनिधिलाई काम गर्न निकै हौसला मिलेको पाईन्छ ।

‘मैले निर्वाचनको तयारी गर्दा देखि नै परिवारलाई सम्झाई बुझाइ गरे । परिवारका सबैले साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । निर्वाचनमा उम्मेदवारी दिँए । जिते पनि । अहिले पनि परिवारबाट कुनै रोकतोक छैन् । घर परिवार सम्हाल्ने देखि गाउँ घरको विकास गर्न सक्षम भएका छौं । वडा नम्बर ६ का महिला सदस्य नानी माया खड्काले भन्नुभयो ।’

असोज १२ गतेदेखि १४ गतेसम्म पनौती नगरपालिकामा निर्वाचित महिला र दलित महिलाका लागि दलित महिला केन्द्र र सामुदायिक सारथीले आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा सहभागी जनप्रतिनिधि महिलाहरूले आफ्नो सिकाई सुनाउँदै गर्दा संविधानमै स्थानीय तहको निर्वाचनमा एक जना महिला र एक जना दलित महिला निर्वाचित हुने प्रावधान नराखेको भए उनीहरू घर धन्दामै सीमित रहने थिए भन्ने निश्चित छ ।

समाजमा पछि पारिएका बर्ग र समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन सोचे झै सजिलो छैन् । तर जसले अवसर पाएका स्थानीय तहमा उनीहरूको भुमिका निकै राम्रो छ । ‘राजनीतिमा लागेपछि पढाईपनि अघि बढाउन सकिन्न होला भन्ने सोचेको थिए । तर घर परिवारले पनि साथ दिनुभयो । कक्षा १२ पनि निर्वाचित भएपछि नै उतिर्ण गरेँ ।

सुरूमा आफुसंग कुनै योजना थिएन् । तर पछि पछि बैठकमा सहभागी भैयो । म जम्मा दुईवटा मात्रै कार्यपालिका बैठकमा सहभागी हुन सकिन । नत्र सबै बैठकमा सहभागी हुँदै आएको छु । आफ्नो गाउँ ठाउँमा सानो ठूलो विकासको योजना ल्याएर काम गर्न सकेका छौ । नगरकार्यपालिका सदस्य समेत रहनु भएकी चण्डिका परियारले भन्नुभयो ।’

वडा नम्बर ६ की खिनामाया मंग्रातीलाई पनि यो अवधिमा धेरै कुरा सिकेको अनुभव छ । ‘सबैभन्दा महत्वपूर्ण कुरा निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने भएको छु । म वडा सदस्य हो । नगरकार्यपालिका बैठकमा त हत्तपत्त सहभागी हुन पाईदैन् । वडाको पनि धेरै घर, टोलमा पुगेको थिईन् ।

अहिले प्रायः जसो टोलमा सम्पर्क र चिनजान बढेको छ । विभिन्न तालिममा सहभागी हुन पाएको छु । धेरै कुरा सिकेँ । ब्यवहारमा उतार्ने प्रयास गरेको छु । आफुले आफैमा धेरै कुरा फेरिएको महशुस गरेको छु, खिनामायाले भन्नुभयो ।’

वडा नम्बर ११ की वडा सदस्य सिता सत्याललाई जनप्रतिनिधि बन्नु नै सबै भन्दा ठूलो अवसर हो भन्ने लाग्छ । ‘म आफ्नै घर परिवार र गाउँ टोलमा मात्रै सीमित थिएँ । स्थानीय तहको निर्वाचनमा विजयी पछि सानो घेराबाट बाहिर निस्किएको अनुभुति गरेको छु । म प्रतिस्पर्धाबाटै विजयी भएर आएको हो । पहिले कसैले चासो राख्दैन् थिए ।

अहिले केहि समस्या, गुनासो भए आए भन्छन् । हामी भोट दिएर जिताएको भन्छन् । सु:ख, दुःखमा साथ नदि पाएको छु । जिम्मेवारीले मान्छेलाई धेरै कुरा सिकाउँदो रहेछ । त्यहि भएर पहिलो कुरा जनप्रतिनिधि हुन पाउनु नै अवसर हो भन्ने लाग्छ, सत्यालले भन्नुभयो ।’

नेतृत्व विकास तालिममा सहभागी महिला र दलित महिला जनप्रतिनिधिले अप्ठ्यारोका कुरा पनि सुनाए ।
समाजमा महिला भनेर अझै पनि होच्याउने गरेको वडा नम्बर ९ का महिला सदस्य शुभद्रा हुमागाईले बताउनुभयो । ‘हामी निर्वाचित भएका मध्ये धेरैजसो महिला जनप्रतिनिधिको पढाई कम छ ।

यसले पनि कतिपय काम गराई र सिकाईमा समस्या ल्याउँदो रहेछ । मेरो भोगाई भनेको घरपरिवारले साथ दिने हो भने बाहिरी ज्ञान र सिप सिक्न हामीलाई पढाई मात्रै बाधक भन्ने होईन रहेछ, हुमागाईले भन्नुभयो ।’

महिला र दलित महिला जनप्रतिनिधिले विकास निर्माणको अनुगमन गर्न पाएको, उपभोक्ता समिति बनाएर गाउँको विकास गरेको, वडाका धेरै ठाउँ डुल्न घुम्न पाएको, टोल टोलका महिलाहरूले आफुहरूसंग कुराकानी गर्ने र कार्यक्रमहरूमा सहभागी गराउन सफल भएको बताए ।

‘पहिले संविधानमै किटान गरेर अनिर्णय महिला र दलित महिला जनप्रतिनिधि हुनु पर्छ भनेर लेखिएको थिएन् । धेरै जसो पुरूष नै जनप्रतिनिधि हुन्थे । अहिले कानुन मै ब्यवस्था छ । यो बिचमा जनाताको ईच्छा, भावना बुझ्न पाएँ । यो अवधि धेरै जसो सिकाईको अवधि भन्यो ।

धेरै काम गर्न सकिएन । अब अर्को ५ बर्ष काम गर्ने मौका मिल्यो भने धेरै काम गर्न सकिने रहेछ, वडा नम्बर ७ का महिला सदस्य सुर्वण मैयाँ कर्माचार्यले भन्नुभयो ।’

पनौती नगरपालिकामा उपप्रमुख सहित २९ जना महिला जनप्रतिनिधि छन् । नगरकार्यपालिका सदस्यमा ५ जना महिला जनप्रतिनिधि मध्ये ३ जना दलित, एक जना जनजाति समुदाय र एक जना ब्राम्हण समुदायबाट प्रतिनिधित्व गर्छन् ।

समग्रमा नगरपालिकाको १२ वटै वडामा हेर्दा दलित महिला जनप्रतिनिधिको संख्या १४ छ । ब्राह्मण समुदायका ११ जना र जनजाति समुदायका ४ जना जनप्रतिनिधि छन् । विभिन्न दलबाट निर्वाचित भएर आएका महिला र दलित महिला जनप्रतिनिधिको उपस्थितिले गाउँ टोलमा महिलाले पनि पुरुष सरह नै काम गर्न सक्छन भन्ने कुराको विश्वास जागेको वडा नम्बर ११ की वडा सदस्य मनमाया नेपालीले बताउनुभयो ।

निर्वाचित भएको चार बर्ष बितिसक्दा महिला र दलित महिला जनप्रतिनिधिले आफ्नो सिकाईका अनुभव सुनाईसकेपछि मैले नगरप्रमुख भिम न्यौपानेलाई यो अवधिमा महिला र दलित महिला जनप्रतिनिधिका लागि नगरपालिकाले गरेको काम गरेको छ ? भनेर सोधेको थिएँ ।

नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाले सबैभन्दा पहिला महिला र दलित महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने काम गरेको छ । क्षेत्र अनुसार सहभागी हुन पाउने सबै बैठकमा महिला र दलित महिला जनप्रतिनिधिको सहभागिता गराइएको छ ।

‘धेरै जसो महिला र दलित महिला जनप्रतिनिधि पहिलो पटक निर्वाचित भएर आउनु भएको थियो । उहाँहरूको क्षमता र नेतृत्व विकासमा नगरपालिकाले काम गरेको छ । नगरपालिका देखि वडा तहसम्म हुने सबै सार्वजनिक कार्यक्रममा सहभागी गराउने । आफ्नो भनाई राख्न दिने काम गरेका छौँ, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।’

नगरपालिकाले वडा र नगरपालिका स्तरमा बार्षिक कार्यक्रम र बजेट बनाउँदा महिला र दलित महिला जनप्रतिनिधिको सिफारिसबाट आएका योजनालाई अनिवार्य समावेश गराउँदै आएको छ । ‘सबै योजना नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षले भनेको मात्रै पर्दो रहेछ भन्ने नहोस् भनेर हामीले वडामा वडा सदस्य महिला र नगरपालिकामा नगर कार्यपालिका सदस्य महिला र दलित महिला जनप्रतिनिधिले सिफारिस गरेका योजनामा कुनै विभेद नगरी रकम विनियोजन गरेका छौँ ।

योजना तर्जुमा र छनौट प्रक्रियामा पनि सक्रिय सहभागि गराउँदै आएका छौं । नगरपालिकाले नियुक्ति गर्ने कर्मचारीमा समेत लैंगिक सहभागितालाई विशेष जोड दिएका छौं, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।’

काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । १३५ वटा वडामा एक जनापनि वडाध्यक्ष महिला र दलित महिलाबाट निर्वाचित छैन् । नगरपालिकामा प्रमुख र गाउँपालिकामा अध्यक्ष पनि महिला र दलित महिला समुदायबाट निर्वाचित छैन् । यद्यपि उम्मेदवार भने थिए ।

धुलिखेल नगरपालिकामा माओवादी केन्द्रबाट सरस्वती लामा, मण्डनदेउपुर नगरपालिकामा माओवादी केन्द्रबाटै रिता गौतम (ढकाल), नमोबुद्ध नगरपालिकामा संघीय समाजवादी फोरम, नेपालबाट सानु मैया लामा र मधेसी जनअधिकार फोरम नेपालको तर्फबाट लक्ष्मी लामा, पनौती नगरपालिकामा माओवादी केन्द्रबाट जमुना सापकोटा र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सानु छोरी कायस्थले नगरप्रमुख पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

त्यस्तै तेमाल गाउँपालिकामा नयाँ शक्ति पार्टी, नेपालबाट होम कुमारी तामाङ (दोङ) र खानीखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवार मिना पाख्रिनले पालिका अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार २०७४ सालमा भएको निर्वाचनमा ७ वटा गाउँपालिका मध्ये रोशी गाउँपालिकामा मात्रै दुई जना पुरुष उम्मेदवार पालिका उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो भने ६ वटा नगरपालिका मध्ये पनौती नगरपालिकामा दुई जना, नमोबुद्ध नगरपालिकामा दुई जना, मण्डनदेउपुर नगरपालिकामा एक जना र बनेपा नगरपालिकामा एक जना पुरुष उम्मेदवारले उपप्रमुख पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

निर्वाचन कार्यालयको तथ्याङ्कले उपप्रमुख र उपाध्यक्ष पद महिला उम्मेदवारका लागि मात्रै ब्यवस्था गरिको भन्ने बुझाइ ठूलो दलहरूमा अझ बढी देखिन्छ । संगठन बलियो । क्रियाशील र संगठित सदस्य बढी भएका कुनै पनि राजनीतिक दलले उपप्रमुख र उपाध्यक्ष पदमा पुरुष उम्मेदवार बनाएको पाइँदैन ।

काभ्रेमा ६ वटा नगरपालिका सुख, सुविधाका हिसाबले गाउँपालिकाको तुलनामा राम्रा छन् । जिल्लाको अतिविकट डाँडापारी, दुर्गम कोशीपारी क्षेत्रका स्थानीय तहले पनि नीति, ऐन र कानुन बनाउन बेवास्ता गरिएको आवाज महिला र दलित महिला जनप्रतिनिधिबाट अहिलेसम्म सुनिएको छैन् ।

 

 

Post Views: 138

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको कामीडाँडामा दोहोरो झ’डप, दुई जना गम्भीर घाइ’ते

काभ्रेको कामीडाँडामा दोहोरो झ'डप, दुई जना गम्भीर घाइ'ते

१० मिनेटको अन्तरमा भुकम्प: दुबैको केन्द्रविन्दु सिन्धुपाल्चोक

१० मिनेटको अन्तरमा भुकम्प: दुबैको केन्द्रविन्दु सिन्धुपाल्चोक

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!