गोरखाको सिउरेनीटार बजारमा घरमा राखेको मोटरसाइकलमा बुधवार राती अज्ञात समूहले आगजनी गरेको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर ८ सिउरेनीटारमा घरमा राखेको नवराज बिसुरालको बा.८५प.८१२२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा आगजनी गरेको हो ।
आगजनीबाट जलेर मोटरसाइकल पूर्ण रुपमा क्षति हुनुका साथै मोटरसाइकल राखेको घरको केही भागमा पनि आगोले क्षति पुगेको छ ।
आगजनीको आरोपमा शंकास्पद केही व्यक्तिलाई घ्याल्चोक प्रहरी चौकीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
Facebook Comments