बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पाको विशेष पहलमा काठमाडौँबाट मान्द्रासम्म बस सेवा सञ्चालनमा आएको छ ।
काठमाडौँबाट नयाँपुल-त्यांथली-गाती हुँदै यार्सा-मान्द्रासम्म बस सेवा सञ्चालनमा ल्याईएको हो । यो रूटमा बस सेवाको नगरप्रमुख शेर्पाले शुभारम्भ गर्नुभएको हो ।
गाउँमै बस पुगेपछि सर्वसाधारणलाई आउजाउ गर्न निकै सजिलो भएको छ । नगरप्रमुख शेर्पाले नगरपालिकाभित्र सबै ग्रामीण सडकको अवरोध हटाई सकेको जानकारी दिनुभयो । बर्खामा आएको वर्षा र बाढीले बिगारेको सडक सुधार गरिएको हो ।
Facebook Comments