नेकपा (एकीकृत समाजवादी) काभ्रेले पाँचखाल नगरपालिका वडा नम्बर ६ मा वडा कमिटी गठन निर्माण गरेको छ ।
आज भएको भेलाले अरुण बानियाँ संयोजक रहेको ४५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । वडा कमिटीमा बलराम तिमल्सिना, मुरलि परियार, नरवहादुर श्रेष्ठ, मञ्जु तिमल्सिना, वेद प्रसाद मिजार, पुर्ण बहादुर मिजार, पार्वती केसी, सरस्वती ढुंगाना रहनुभएको छ ।
त्यस्तै लक्ष्मी बस्नेत, रञ्जित दनुवार, समिर दनुवार, भुवन दनुवार, मदन दनुवार, सुमन दनुवार, सम्भु दनुवार, कालु दनुवार, कल्पना हुमागाई, ईश्वरी दुलाल, सहदेव थापा, इन्दिरा घिमिरे, राजकुमार श्रेष्ठ, गिता भारती, भिमसेन भारती, विक्रम बहादुर गौतम, अभिमन्यु दनुवार, जयराम दनुवार, सुदिप दनुवार चयन हुनुभएको छ ।
वडा कमिटीमा अम्बिका मिजार, मुकुन्द गौतम, अप्सरा परियार, उमेश, कल्पना श्रेष्ठ ढुंगाना, रामबहादुर श्रेष्ठ, मनिस दुलाल, विवेक केसी, सञ्जय शिबभक्ति, मायाँ दनुवार, सुनिल दनुवार, मनिस श्रेष्ठ, कैलास श्रेष्ठ, सन्तोष राई, राजिव दनुवार लगायत चयन हुनुभएको छ ।
वडा भेलालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रतिनिधि एवं संविधानसभा सदस्य बिदुर सापकोटा र जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाईबाले विशेष सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै जिल्ला कमिटी सचिव दिपक गौतम, नेकपा (एकिकृत समाजवादी) पार्टी पाँचखाल नगर इञ्चार्ज हरेराम सापकोटा, नगर अध्यक्ष रविन्द्र सिपखान, मण्डनदेउपुर नगर कमिटी अध्यक्ष गोकुल गौतम, प्रदेश कमिटी सदस्य ओपी लामिछाने, रणबहादुर बोहरा, पाँचखाल नगरपालिक वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले एमालेबाट विद्रोह गर्नुको कारण बारे आ आफ्नो भनाई राख्नु भएको थियो ।
नेताहरूले अघिल्लो स्थानीय तहको निर्वाचनमा आफ्नै वडाध्यक्षलाई हराउन ५५ मत खाली हालेर एमालेले आफ्नो असली रूप देखाएको दाबी गरेका छन् । उनीहरुले अागामी निर्वाचनमा एमालेको हैसियत समेत देखाइदिने चुनाैती समेत दिएका छन् ।
Facebook Comments