सिबिएम नेपाल र रिमरेकको आर्थिक सहयोगमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अतिविपन्न र गरिब घर परिवारलाइ राहत वितरण गरेको छ ।
नगरपालिका र गाउँपालिकाको समन्वयमा ‘सबैका लागि समाबेशी परियाेजना’ अन्तर्गत अतिविपन्न र गरिब परिवारलाइ राहत बितरण गरिएको रिमरेकका सचिब रमेश गौतमले जानकारी दिनुभयो ।
मण्डनदेउपुर नगरपालिकामा २५० र भुम्लु गाउँपालिकामा २५० गरी जम्मा ५ सय घरधुरीलाई राहत वितरण गरिएको हो । राहत प्याकेजमा चामल ३० केजी, नुन २ केजी, तेल २ लिटर, चिनि २ केजी र दाल २ केजी रहेको छ ।
रिमरेकले यी दुबै पालिकामा यसअघि स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
Facebook Comments