नेपाली कांग्रेस धुलिखेल नगरसभापति बिदुर बस्नेतले पलाञ्चोक भगवती मन्दिरको जग्ग खरिदका लागि आर्थिक प्रदान गर्नुभएको छ ।
नगरसभापति बस्नेतले पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेको पलाञ्चोक भगवती मन्दिर क्षेत्रको पार्किङ जग्गा खरिदका २ लाख, १० हजार रुपैयाँ नगद प्रदान गर्नुभएको हो ।
‘पलाञ्चोक भगवती पार्किङ जग्गा प्राप्ति समिति’ को नाममा रहनेगरी नगरसभा पति बस्नेतले सहयोग प्रदान गर्नुभएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।
ब्यवस्थित पार्किङ नहुँदा पलाञ्चोक भगवती मन्दिर क्षेत्रमा समस्या हुँदै आएको छ । त्यसैलाई ब्यवस्थित गर्न पाँचखाल नगरपालिका जग्गा खरिद र पार्किङ सञ्चालनका लागि आर्थिक संकलन गरिसकेको छ ।
Facebook Comments