नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रतिनिधि कृष्ण प्रसाद सापकोटाले आगामी निर्वाचनमा आफुहरूको जीत सुनिश्चित रहेको बताउनुभएको छ ।
आज काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ पुरानोपोखरीमा नेकपा (एकीकृत समाजवादी) को पहिलो वडा भेलालाई सम्बोधन गर्दै संविधानसभा सदस्य सापकोटाले ‘चुनाव ईमानले जित्ने’ दाबी गर्नुभयो ।
‘चुनाव ईमानले जित्ने हो, बेमानले होईन । काभ्रेमा हाम्रो जित सुनिश्चित छ । तपाईहरू एक भएर लाग्नुस् । एमालेमा सीमित नेता बाहेक सबै बेमानी मात्रै छन् । काभ्रेकै कुरा गर्ने हो भने पनि एमालेका नेता सबैभन्दा बढी बेमानी छन् । कसैको प्रलोभनमा नपर्नुहोस्, नेता सापकोटाले भन्नुभयो ।’
नेता सापकोटाले केपी ओलीको स्वेच्छाचारी क्रियाकलापले नै एमालेबाट बिद्रोह गर्नु परेको बताउनुभयो । केपी ओलीले जनतासामु निकै ढाँटेको उहाँको भनाइ थियो ।
‘घोषणा पत्रको ठीक विपरीत केपी ओली जानुभयो । जुन जनाताको हित भन्दा बिल्कुलै टाढा रह्यो । त्यहि भएर हामीले बिद्रोह गर्यो । तपाईहरूले उनीहरूलाई सोध्नुस्, हाम्रो लागि के काम गर्नुभयो भनेर ?, नेता सापकोटाले भन्नुभयो ।’
Facebook Comments