काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ का ८० घरमा ‘एक घर, एक धारा’ पुगेको छ ।
‘एक घर, एक धारा’ कार्यक्रमको आज नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले उदघाटन गर्नुभएको हो ।धुलिखेल नगरपलिका वडा नम्बर १, तौदिलका ८० घर धुरीमा पानी पुर्याईएको छ ।
‘एक घर, एक धारा’ उदघाटन गर्दै नगरप्रमुख ब्याञ्जुले नगरपालिकाभित्रका सबै नागरिकलाई स्वच्छ पानी खुवाउने नगरपालिकाको योजना अनुरूप नै देवीटारको तौदिलमा खानेपानी आयोजना सम्पन्न गरिएको बताउनुभयो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटमा विनियोजन गरिएको १२ लाख, ७५ हजार र २ लाख, ५७ हजारको जनश्रमदान गरी १५ लाख, ३२ हजारमा खानेपानी आयोजना पुरा भएको देविटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्चलाल घिसिङले जानकारी दिनुभयो ।
निर्माण पुरा भएकोपछि सरोज तामाङको अध्यक्षमा नव गठित देविटार खानेपानी संरक्षण समितिलाइ आयोजना हस्तान्तरण गरिएको छ । वडाध्यक्ष रमेश प्रसाद घोरसाईने, वडा सचिव महेन्द्र राउत, गोल्मा देवि आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद घोरसाईने लगायत उपस्थित हुनुभएको थियो ।
Facebook Comments