Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

चण्डेनीमण्डन स्वास्थ्य चौकी भवन शिलान्यास

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
चण्डेनीमण्डन स्वास्थ्य चौकी भवन शिलान्यास
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० मा बन्ने चण्डेनीमण्डन स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ ।

स्वास्थ्य चौकी भवनको शिलान्यास स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आज गर्नु भएको हो । पहिलेको स्वास्थ्य चौकी भवन २०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यस यताको पराकम्पले क्षति ग्रस्त बनेको थियो ।

स्वास्थ्य चौकी भवन भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्माण हुन लागेको हो । हालको स्वास्थ्य चौकी रहेको कटहरेचौरमै नयाँ भवन निर्माण सुरू गरिएको छ ।

स्वास्थ्य चौकी भवन २ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा निर्माण हुनेछ । बढीमा १८ महिनाभित्र निर्माण पुरा भैसक्ने वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी निर्माणपछि वडाबासीलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहयोग हुने वडा सदस्य एवं नगर कार्यपालिका सदस्य गिता नेपालले बताउनुभयो ।

निर्माण कम्पनी कम्पनीका प्रमुख राजेश गौतमले सबैको सहयोग मिल्यो भने भवन २०७९ असारसम्म सम्पन्न गरेर बुझाईसक्ने प्रतिबद्धता जनाउनु भयो । अहिलेसम्म आफ्नो कम्पनीले म्याद थप गरेर काम नगरेको स्मरण गर्दै यो स्वास्थ्य चौकी भवन पनि तोकिएको समयभन्दा अघि नै सकाउने बताउनुभयो ।

कार्यक्रममा काभ्रे जिल्लामा ११ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य चौकी भारत सरकारको आर्थिक सहयोगमा निर्माण भैरहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) काभ्रेका प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो । समयमै यो स्वास्थ्य चौकी निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले नगरपालिकाको थोरै मात्रै सरकारी भवन पक्की रहेको भन्दै चण्डेनीमण्डन स्वास्थ्य चौकीको गुणस्तरीय भवन निर्माण हुनेमा नगरपालिका ढुक्क रहेको बताउनुभयो । स्थानीयलाई बेला बेलामा अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।

कांग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले नगर अस्पताल निर्माणमा जस्तो ढिला सुस्ती र अनियमितता नहोस् भन्नका लागि खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्व गृह सचिब एवं प्रधानमन्त्री शेर बहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले भवनको गुणस्तरीयताका लागि चनाखो हुन आग्रह गर्नुभयो । हरेक ब्यक्तिले चासो राखे मात्रै गुणस्तरीय भवन भन्ने उहाँको भनाई थियो ।

Post Views: 256

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे प्रहरीको दशैं-तिहार सुरक्षा योजना: राजमार्ग र भिडभाड हुने क्षेत्रमा तालिम प्राप्त कुकुरद्वारा चेकिङ

काभ्रे प्रहरीको दशैं-तिहार सुरक्षा योजना: राजमार्ग र भिडभाड हुने क्षेत्रमा तालिम प्राप्त कुकुरद्वारा चेकिङ

पाँचखालमा एमालेको अनेम संघ गठन: अध्यक्षमा सरस्वती

पाँचखालमा एमालेको अनेम संघ गठन: अध्यक्षमा सरस्वती

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!