धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, उपप्रमुख बिमला शर्मा र वडा रविन्द्र कर्माचार्य एकसाथ योजना अनुगमन गर्न फिल्डमा पुग्नुभएको छ ।
प्रमुख, उपप्रमुख र वडाध्यक्षले आज नगरपालिकाको वडा नम्बर ४ को अघोरी बाबा मार्गको अवलोकन गर्नु भएको हो । केयुदेखि बनेपासम्म जोडिने यो सडक आजबाट ढलानको काम सुरू भएको छ ।
प्रमुख, उपप्रमुख, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र स्थानीय उपभोक्ताहरूले पनि अनुगमन गरेका हुन् । यो ढलान उपभोक्ता समितिमार्फत भैरहेको छ ।
नगरपालिका ३० लाख आर्थिक सहयोगमा ढलानको काम सुरू भएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । १६७ मिटर सडक ढलान हुनेछ ।
नगरप्रमुख ब्याञ्जुले निर्माण सामग्रीमा कुनै गडबडी नगर्न मजदुर र उपभोक्ता समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
Facebook Comments