कुनै बेला काभ्रे जिल्लामै लाल किल्लाको परिचय बनाएको पाँचखाल नगरपालिका २०७४ सालको स्थानीय तहमा एमालेले लज्जास्पद हार ब्यहोर्यो । त्यसपछि लगभग एमालेको गतिविधि मन्द बनेको थियो ।
माओवादीसंग पार्टी एकता, एमालेभित्रको समानन्तर कमिटीले खासै गतिविधि हुन सकेको थिएन । एमाले बिभाजन पछि भने पाँचखाल नगरपालिकामा एमाले लयमा फर्किएको छ ।
वडा-वडामा पार्टीको भेला, बैठक, छलफल, वडा कमिटी पुनःगठनले तीव्रता पाएको छ । एमालेले पछिल्लो समय वडा तहमा आफ्नो पार्टीको सबै जनवर्गीय संगठनलाई सक्रिय बनाएको छ ।
टोल-टोलमा पुग्ने । आम जनताको भावना बुझ्ने र समाधान गर्ने काममा एमाले नेता कञ्चन अधिकारी निकै सक्रिय रूपमा लाग्नु भएको छ । नेता अधिकारी सबै जसो कार्यक्रममा पुग्दै आइरहनुभएको छ ।
Facebook Comments