काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा नेकपा (एकीकृत समाजवादी) को बिस्तारित बैठक सकिएको छ ।
पार्टीको वडा अध्यक्ष बलराम सापकोटाको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय प्रतिनिधि एवं संविधानसभा सदस्य बिदुर सापकोटाले वैज्ञानिक समाजवाद र कम्युनिष्ट विचार धारा, विशेष अतिथिहरू जिल्ला पार्टी अध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्य टोक बहादुर वाईबाले काभ्रे जिल्लामा नेकपा (एकीकृत समाजवादी) को अवस्था र भावी रणनीति र प्रदेश सांसद लक्ष्मण लम्सालले संघीय प्रणालीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बिस्तारित बैठकले विभिन्न जनवर्गीय संगठन पनि गठन गरेको छ । वडा कमिटीको अध्यक्षमा बलराम सापकोटा, उपाध्यक्षमा मिना श्रेष्ठ र राज कुमार श्रेष्ठ, सचिबमा उद्धव गौतम र उपसचिबमा उमेश लम्साल रहनु भएको छ ।
वडा कमिटीको सदस्यहरूमा मञ्जु राई, राजन परियार, गोकुल लम्साल, सानुकाजी श्रेष्ठ, राम बहादुर श्रेष्ठ, ज्ञान बहादुर पराजुली, जुना ढकाल, रामशरण लम्साल, सुर्दशन लम्साल, राम प्रसाद लम्साल, राजन लम्साल ढाल बहादुर भण्डारी, सुजन भण्डारी लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
त्यस्तै मञ्जु राई अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल महिला संघ पनि गठन गरिएको छ । उपाध्यक्षमा इन्दिरा सापकोटा, सचिबमा देवकी पराजुली रहनुभएको छ ।
राम कुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । गोकुल लम्साल अध्यक्ष रहेको ५१ सदस्यीय अखिल नेपाल किसान संघ गठन गरिएको छ ।
त्यसैगरी सानु कान्छा श्रेष्ठ अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल जनजाति महासंघ र राजन परियार अध्यक्ष रहेको १७ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा कमिटी गठन गरिएको वडा कमिटी अध्यक्ष बलराम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य रामहरि नेपाल, मण्डनदेउपुर नगर ईन्चार्ज डिल्ली प्रसाद आचार्य, अध्यक्ष गोकुल गौतम लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।
Facebook Comments