काभ्रेको भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखाले कुनै पनि औषधीको अभाव नरहेको बताएको छ ।
मिलिजुली खबर डटकमसंग कुरा गर्दै पालिकाका स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव नरहेको बताउनुभयो ।
‘पालिकाका कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव छैन् । स्वास्थ्य शाखाले औषधी अभाव हुन दिएको छैन् । दैनिक अपडेट लिईरसेका हुन्छौँ । अभाव हुन्छ भनेर अगाडि नै औषधी पठाउने गरेका छौँ, स्वास्थ्य शाखा संयोजक भट्टराईले भन्नुभयो ।’
भुम्लु गाउँपालिकाको वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीमा सिटामोल नपाएको स्थानीयले बताएपछि मिलिजुली खबर डटकमले स्वास्थ्य शाखा संयोजक भट्टराईसंग बुझेको थियो ।
सापिङका स्थानीयले ज्वरो आउँदा स्वास्थ्य चौकीमा सिटामोल नपाएको बताएका थिए । तर स्वास्थ्य शाखा संयोजक भट्टराईले त्यसमा कुनै सत्यता नरहेको बताउनुभयो ।
Facebook Comments