Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

काभ्रेमा प्रशासनको बजार अनुगमन: कि त चाडपर्व आउनै पर्ने, कि कसैले उजुरी दिनै पर्ने ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा प्रशासनको बजार अनुगमन: कि त चाडपर्व आउनै पर्ने, कि कसैले उजुरी दिनै पर्ने ?
Spread the love
    

राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र काभ्रेमा बजार अनुगमनको पटो अत्यन्तै कमजोर बनिरहेको छ ।

काभ्रेमा बजार अनुगमन गर्न कि त चाडपर्व आउनै पर्छ । कि त कसैले उजुरी दिनै पर्छ । नत्र नियमित बजार अनुगमन गर्न कुनै पक्ष तयार छैन् ।

देशको राज्य पुनर्संरचनासंगै धेरै भन्दा धेरै अधिकार स्थानीय तहसंग छ । कतिले त्यो अधिकार प्रयोगमा ल्याउँछन्, कतिले ल्यादैनन् ।

कानुनले बजार अनुगमनको सबै अधिकार स्थानीय तहलाई दिएको छ । तर उनीहरु बजार अनुगमन मन लगाएर गर्दैनन् ।

बेला बेला जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्छ । प्रशासनलाई पनि बजार अनुगमन गर्न कि त चाडपर्व नै आउनुपर्छ । कि त लकडाउन वा त्यस्तै संकट ।

आज पनि काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले नेतृत्व गरेको एक टोली पनौती बजार बजार पुग्यो । केहि पसल हेर्यो र फर्कियो । अनुगमन टोलि आएको खबर पाएपछी पनौतीका व्यवसायीले सटर बन्द गरे । कयौँ भागारा भाग भए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारको टोलीले पनौती बजारका मासु पसल, किराना पसल, होटल, डेरी, औषधी पसल र एग्रोभेट पसल अनुगमन गर्यो । यदि नियमित बजार अनुगमन हुन्थ्यो भने अनुगमन टोली देखेर ब्यापारीहरू तर्सीदैन थिए ।

अहिले स्थानीय तहमा जिल्लाका प्राय जसो दैनिक जीवनमा सहयोग गर्ने सबै सेवा प्रदायक शाखा छन् । उनीहरूले पनि चासो दिएर आ आफ्नो क्षेत्रको बजार ठगी मुक्त बनाउन सक्छन् । चुस्त दुरुस्त बजार राख्न सक्छन् ।

तर उनीहरू त्यो हिम्मत देखाउँनै चाहँदैनन् । अर्थात् अधिकार छ । प्रयोग गर्दैनन् । यसो गर्नु भनेको कार्यान्वयन गर्ने पक्षले नै कानुनको धज्जी उडाउनु हो ।

पनौतीमा आज १३ वटा पसल अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो । टोलीले मासु पसल, होटल, औषधी पसल, किराना पसलको अनुगमन गरेको थियो ।

कर्माचार्य फर्माबाट म्याद नाघेका औषधीहरु फेला पारिएको म्याद नाघेका ३२ बोटल विभिन्न औषधि र दुइ पत्ता चक्की औषधि नष्ट गरिएको बताइएको छ ।

अनुगमन टोलीमा सहायक प्रजिअ सुनुवार, भेटनरी अस्पताल तथा पशु सेवाका विज्ञ डा. मगोल प्रसाद शाह, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, इलाका प्रह री कार्यालय बनेपका प्रह री निरीक्षक राजन कोइराला, पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष भरतचरण श्रेष्ठ, लगायतका सरोकारवाला सहभागी थिए ।

 

Post Views: 222

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १४ गते बिहिबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल असोज १४ गते बिहिबारको राशिफल हेर्नुहोस्

कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’

कांग्रेस काभ्रेको महाभारत गाउँपालिका अधिवेशन आज

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!