Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बजेट निर्माणमा आफुलाई उपेक्षा गरेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख तामाङको गुनासो

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
बजेट निर्माणमा आफुलाई उपेक्षा गरेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख तामाङको गुनासो
Spread the love
    

राज्यले राजनीतिमा महिला, दलित, जनजाति, लोपोन्मुख, अपाङ्गता भएका ब्यक्ति, अल्पसंख्यक, पछाडि पारिएका समुदायको पहुँच बढाउन नीतिगत ब्यवस्था गरेको छ । स्थानीय तहमा उनीहरूको सहभागीता संविधानमै उल्लेख गरिएको छ । तर धेरै ठाउँमा सहभागी भएपनि निर्णय गर्ने ठाउँमा उनीलाई सहभागीता नगराइएको उदाहरण पनि प्रशस्तै पाईन्छ ।

संविधानको धारा २१५ मा गाउँपालिका उपाध्यक्ष तथा धारा २१६ मा नगर उप-प्रमुखको व्यवस्था गरिएको छ । यो पदलाई संविधान र प्रचलित कानुनले नै केही जिम्मेवारी सुम्पिएको छ । यसरी कानुन बमोजिम तोकिएका कार्यहरूमा अध्यक्ष वा प्रमुख वा अन्यले हस्तक्षेप गर्न सक्ने अवस्था रहँदैन ।

तर काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले भने बजेट निर्माणमा आफुलाई उपेक्षा गरिँदै आएको बताउनुभयो । ‘बजेट निर्माणको जिम्मा उपप्रमुखलाई कानुनले दिएको छ । तर मलाई बजेट निर्माणको प्रक्रियामै सहभागी गराईएको छैन् । बजेट भाषणको दिनमात्रै बजेट पढि दिनु भनेर ल्याउँनु हुन्छ । अधिकारले पाएको कुरा गर्न समेत फरक विचार र महिला भएकै कारण दिइँदैन, उपप्रमुख तामाङले भन्नुभयो ।’

स्थानीय सरकारको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने र सोको प्राथमिकीकरण लगायतका कार्यहरू गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐनको दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको व्यवस्था गरिएको छ । यो समितिको संयोजक उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ ।

संविधानको धारा २१६ अनुसार नगर उप-प्रमुख न्यायिक समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक, गैर सरकारी संस्थासंग समन्वय, उपभोक्ता हित, योजना अनुगमन तथा सुपरिवेक्षण गर्ने र अन्य शिर्षकमा गरी ६ वटा कार्यकारी जिम्मेवारी तोकेको छ । तर आफुलाई आम नागरिकसंग प्रत्येक सरोकार राख्ने बजेट तथा कार्यक्रम तर्जुमा गर्ने बेला भने पुरै बेवास्ता गर्ने गरेको उपप्रमुख तामाङले बताउनुभयो ।

महिला, एकल महिना, दलित महिला, जनजाति महिला र अपाङ्गता भएका महिलाको लागि बजेट र कार्यक्रम बनाउन नगरपालिकाले कुनै चाँसो नदिएको उपप्रमुख तामाङको भनाई छ । ‘नगरपालिकाभित्रका महिला, एकल महिना, दलित महिला, जनजाति महिला र अपाङ्गता भएका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम र बजेट राखौं भन्दा नगरपालिकाको बहुमत संख्याले उचित चासो दिँदैन । अनि भोट हाल्ने बेला ६० प्रतिशत महिला हुने । बजाट निर्माण, योजना छनौट देखि कार्यन्वयन तहसम्ममा ४० प्रतिशत पुरूषको हालिमुहालि । यस्तो अवस्थामा महिलालाई कसरी राज्यको मुल प्रवाहमा ल्याउन सकिन्छ ?, उपप्रमुख तामाङको भनाई छ ।’

निर्वाचित भएको बर्ष देखि नै आफ्नो भूमिकालाई कमजोर र फितलो बनाउने कोशिस गरिँदै आएको र नयाँ दल रोजेपछि झनै बढी पेलान सहनु परेको उपप्रमुख तामाङले गुनासो गर्नुभयो । साउन २२ गते जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा आएर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि आफुमाथि हिंसा हुन थालेको उहाँले बताउनुभयो । ‘कर्मचारी देखि जनप्रतिनिधिले समेत हिंसालाई प्रोत्साहन दिने बोली आफैले सुन्ने गरी सार्वजनिक ठाउँहरूमा बोल्ने गर्नु हुन्छ । नयाँ दल रोज्ने वा पुरानो मै बस्ने मेरो स्वतन्त्रताको कुरा हो । तर नयाँ दल रोजेपछि धेरै भन्दा धेरै कुरामा विभेद हुन थालेको छ, उपप्रमुख तामाङले भन्नुभयो ।’

तर नगरप्रमुख टंक प्रसाद शर्मा (तिमल्सिना) भने उपप्रमुखले भने जस्तो संविधान, स्थानीय सरकार सञ्चालन ऐन, कार्यविधि भन्दा बाहिर गएर कुनै काम नगरेको दाबी गर्नु हुन्छ । ‘निर्वाचित भएदेखि ५ बर्षसम्मको बजेट ल्याउँदा उहाँले केहि भन्नु भएन् । उहाँकै प्रत्यक्ष सहभागिता, सहमति र सहकार्यमै बजेट आएको छ । यो अन्तिम बर्ष आएर बजेट पढ्न मात्रै दिईयो भन्नु भनेको केबल आरोप मात्रै हो । विधि विधान बाहिर गएर कुनै काम गरिएको छैन्, नगरप्रमुख शर्माले भन्नुभयो ।’

नगरप्रमुख शर्माले बजेट नगरसभाले सर्वसम्मत पारित गरेको बताउनुभयो । ‘उपप्रमुखलाई बाईपास गरिएको हो भने त्यहि बेला उहाँले असहमति जनाउन सक्नुहुन्थ्यो । उहाँले दल रोज्नु भन्दा पहिले नै बजेट पारित भएको हो । हामीले उहाँलाई कहिँ कतै अपमान गरेका छैन् । सम्मान गरेका छौँ । किन उहाँलाई त्यस्तो महशुस भयो, उहाँलाई नै सोध्नुहोस् ,नगरप्रमुख शर्माले भन्नुभयो ।’

तर नयाँ दल रोजेपछि नगरपालिकाको उच्च तहबाटै हेयको दृष्टिले हेर्ने गरेको उपप्रमुख तामाङको भनाई छ । ‘कुनै अपराध गरेको ब्यक्ति झै मलाई दोषि करार गर्ने कोशिस भैरहेको छ । विचार र पार्टी फरक हुँदैमा अपमान किन हुन्छ ? नगरपालिकाको सबै काममा विभेद हुन थालेको छ । राम्रो कामको योजना ल्याउँदा पनि खासै चासो हुँदैन् । मलाई लाग्छ, महिला भएकै कारण यी सबै गतिविधि भैरहेको छ, उपप्रमुख तामाङले भन्नुभयो ।’

काभ्रेमा नयाँ दलमा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले सनाखत गर्नुभएको थियो । उपाध्यक्ष श्रेष्ठले पनि बजेटमा आफुले ल्याएका केहि योजना नसमेटिएको बताउनुभयो । तर नयाँ दल रोजेकै कारण गाउँपालिकामा अहिलेसम्म अपमान जन्य ब्यवहार सहनु नपरेको उहाँको भनाइ छ ।

‘मैले पनि ल्याएको केहि योजनाहरू छनौटमै पारिएन । प्राय सबै योजनाहरू वडा तहबाटै माग भएर आएकामा बजेट बाँडफाँड गरिएको छ । बजेट मेरै प्रत्यक्ष सहभागितामा बनाईएको छ । कानुनले दिएको अधिकारमा कुसैले भाँजो हाल्न खोजे डटेर प्रतिवाद गर्ने हो, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।’ भुम्लु गाउँपालिकामा नेकपा एमाले र सूर्य चिन्हबाट निर्वाचित उपाध्यक्ष श्रेष्ठ, दुई जना वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य गरी ११ जनाले नयाँ दलमा सनाखत गर्नुभएको थियो ।

नमोबुद्ध नगरपालिकामा एमालेबाट निर्वाचित उपप्रमुख रामदेवी तामाङ, एक जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्य गरी ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्नुभएको थियो । १३ वटा स्थानीय तह रहेको काभ्रेमा एमालेले ५ वटा नगरपालिकामा प्रमुख, उपप्रमुख र २ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित विजयी हासिल गरेको गरेको थियो । जसमा ५६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

 

Post Views: 578

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ को वडाभवन शिलान्यास

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ को वडाभवन शिलान्यास

खोपासीमा पूर्व मन्त्री बाँस्कोटा र भारतका विदेश सह- सचिव श्रीवास्तवले गरे अस्पताल शिलान्यास

खोपासीमा पूर्व मन्त्री बाँस्कोटा र भारतका विदेश सह- सचिव श्रीवास्तवले गरे अस्पताल शिलान्यास

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!