समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बनेपामा कार्यालय रहेको साकोसको वार्षिक साधारणसभा असोज १० गतेबाट सुरु भएको थियो । तीन दिनसम्म चलेको वार्षिक साधारणसभा आज संस्थाकै कार्यालयमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भिम बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेयर सदस्य लगायत ६०७ जनाको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष बाँस्कोटाले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक बर्ष ०७८/०७९ को लक्ष्य, कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक बर्ष ०७७/०७८ सम्ममा संस्थाको निक्षेप १० करोड ५८ लाख ९४ हजार १४१ रुपैया भएकोमा गत बर्षको निक्षेप संकलन ३ करोड ४८ लाख, ६० लाख, सेयर संकलन गर्न सफल भै सदस्यहरुमा कर्जा ९ करोड ४७ लाख प्रबाह गरेको छ ।
अध्यक्ष बाँस्कोटाका अनुसार चालू आर्थिक वर्ष भित्रमा संस्थाले निक्षेप ३ करोड, सेयर पूँजी ५० लाख थप गरि कर्जा ११ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ ।
अध्यक्ष बाँस्कोटाले सेयर सदस्यहरुले संस्थाप्रति राखेको जिज्ञासालाई प्रष्ट पार्दै आगामी दिनहरुमा पनि सदस्यको साथ सहयोगको अपेक्षा गर्दै समय बचत तथा ऋण सहकारी सस्था कसैको एकल नभएर तपाईं सेयर सदस्यकै भएको र बचत गर्न कुनै आलटाल नगर्न अनुरोध गर्नुभएको संस्थाका कार्यसमिति सचिव हुद्दराज तिमल्सिनाले जानकारी दिनुभयो ।
Facebook Comments