काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा अक्सिजन प्लाण्ट जडान गरिएको छ । अक्सिजन प्लाण्टको शनिबार बागमती प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले उदघाटन गर्नुभएको हो ।
यो अक्सिजन प्लाण्ट बागमती सरकारकै आर्थिक सहयोगमा स्थापना गरिएको हो । अक्सिजन प्लाण्टको उदघाटन गर्दै मन्त्री लामाले राम्रोसंग ब्यवस्थापन गर्न सबै पक्षलाई निर्देशन दिनुभयो ।
‘बोलेर मात्रै होईन । काम गर्ने बेला हो । अक्सिजन प्लाण्ट जडान गरिएको छ । यसलाई राम्रोसंग सञ्चालन गर्नुहोस् । अक्सिजनको अभावमा कोहि कसैको पनि ज्यान नजाओस् । बागमती प्रदेश सरकार तपाईहरूको साथमा छ । विकास निर्माणका सबै समस्याको समाधान समन्वय र सहकार्यबाटै गर्न सकिन्छ, मन्त्री लामाले भन्नुभयो ।’
Facebook Comments