कांग्रेस काभ्रेको बेथान्चोक गाउँपालिका सभापतिमा प्रेम बहादुर तिमल्सिना बिजयी हुनु भएको छ । केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार तिमल्सिना सभापतिमा निर्वाचित हुनुभएको हो ।
धेरै ठाउँको मतपरिणाम सार्वजनिक भैसकेको छ । तेमाल गाउँपालिकामा कांग्रेसको सभापतिमा ज्ञान बहादुर तामाङ अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा ज्ञान बहादुर तामाङको टिम नै अत्यधिक बहुमतले बिजयी भएको हो ।
ज्ञान बहादुर तामाङले १४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी हेम लाल लामाले १४ बदर प्राप्त गर्नु भएको थियो । ४ बदर भएको थियो ।
नमोबुद्ध नगरसभापतिमा कुन्साङ लामा विजयी हुनुभएको छ । त्यसैले भुम्लु गाउँपालिकामा दावा लामा निर्वाचित हुनुभएको छ ।
पाँचखाल नगरपालिकाको नगरसभापता सञ्जय तामाङ, पनौती नगरपालिकामा रामशरण भण्डारी र रोशी गाउँपालिकामा दूधराज लामा निर्विरोध निर्वाचित हुनुभएको हो ।
मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, चौरीदेराली गाउँपालिका मतगणना भैरहेको छ । महाभारत गाउँपालिकामा भने निर्वाचन स्थगित भएको छ ।
Facebook Comments