अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित होटल अरनिको अगाडि टिपर र मोटरसाइकल ठक्कर खाँदा घाईते भएका एक जनाको मृ त्यु भएको छ ।
घट नामा परी गम्भीर घाईते भएका पाँचखाल नगरपालिका वडा नम्बर ११ का ३३ वर्षीय सुमन रेग्मीको उपचारका क्रममा आज धुलिखेल अस्पतालमा मु त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्र हरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । मृ तक रेग्मीको श व परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्र हरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३–०२००७ प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किदा दुर्घटना भएको हो ।
Facebook Comments