कांग्रेस काभ्रेको आज हुने पालिका अधिवेशनमा पनाैती नगर उपसभापतिमा पुरुषोत्तम कर्माचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । ‘हाम्रो होइन राम्रो नेतृत्व चयन गरौ’ भन्दै कर्माचार्यले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पनौती नगरपालिका वडा न ७ निवासी कर्माचार्य स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले पनौती नगरपालिकाको पर्यटन समितिमा रहेर धेरै को मन जित्ने कार्यहरु समेत गर्नु भएको छ । पनौती क्षेत्रको पर्यटनका बारेमा कर्माचार्यले नगरको समितिमा रहेर सफलता पुर्वक जिम्मेवारी निभाउन भुमिका खेलिरहनु भएको छ ।
वडा सदस्य कर्माचार्यले आफ्नो वडामा रहेर विभिन्न सामाजिक कामको समेत नेतृत्व लिनु भएको छ । दुई पटक पनौती नगरपालिका वडा न ७ को कार्य बाहक अध्यक्ष रहेर वडा सञ्चालन गरेको अनुभव पनि कर्माचार्यसंग छ ।
कर्माचार्यले सामाजिक सहिष्णुता, सहमति, सहकार्य र एकताका निम्ति आफुले नगर उपसभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । साथै राजनीतिमा पुस्तान्तरण र रुपान्तरण ल्याउन जरुरी रहेको कर्माचार्यको बनाई छ ।
अबको दिनमा सबै खाले राजनीतिमा अग्रजलाइ सम्मान र युवालाइ राजनीतिमा अवसर प्रदान गर्नको लागि आफले प्रयास गर्ने कर्माचार्यको भनाई छ ।
Facebook Comments