काभ्रेको धुलिखेल नगरपालिकाले कोभिड १९ बिरुद्धको पूर्ण खोप नगर घोषणा गर्ने तयारी थालेको छ । कोभिड १९ बिरुद्धको पूर्ण खोप नगर घोषणा गर्न आज सरोकारवाला पक्षसंग तयारी बैठक बसेको नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक सरोज थापाले जानकारी दिनुभयो ।
नगरपालिकामा १८ बर्ष माथिका उमेर समुहका सतप्रतिशत नागरिकले कोरोना भाईरस विरूद्धको पहिलो डोज खोप लगाई सकेका छन् । हालसम्म कोभिड १९ बिरुद्धको खोप समीक्षा तथा पूर्ण खोप नगर घोषणाको रणनीति तय गर्न बैठक बसेको हो ।
‘खोप लगाउने उमेर समुह हेर्दा सतप्रतिशत नागरिकले पहिलो डोजको खोप लगाई सकेकाछन् । सरोकारवालाले सुझाव दिनु भएको छ । त्यहि सुझावलाई आधार बनाएर थप केही तयारी गर्नु पर्ने छ, नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक थापाले भन्नुभयो ।’
Facebook Comments