Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेसलाई मण्डनदेउपुर नगरपालिकामा मजबुद र शसक्त बनाउन उम्मेदवारी-पौडेल

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
कांग्रेसलाई मण्डनदेउपुर नगरपालिकामा मजबुद र शसक्त बनाउन उम्मेदवारी-पौडेल
Spread the love
    

पंञ्चायतकालदेखिनै बिपीलाई आर्दश मानेर नेपाली कांग्रेसको राजनितीमा सकृय कश्यपप्रसाद पौडेल पटक-पटक नेपाली कांग्रेसको वडा तहदेखि जिल्ला तह तथा विभागमा बसेर काम गर्नुभएको लामो अनुभव बोकेको इमान्दार कार्यकर्ता हुनुहुन्छ ।

नेपाली कांग्रेसलाई आवश्यकता परेको समयमा आफ्नो गाउँ टोल, जिल्लामा रहेर ठूलो योगदान दिनुभएको छ । तर उहाँ आफूले योगदान गर्ने कुरा भन्दा पनि आम कार्यकर्ताले गर्नुपर्ने धर्म निभाएको बताउनुहुन्छ । विपीको आर्दशलाई आत्मसाथ गरेर नेपाली कांग्रेसमा क्रियाशील भएको बताउने उहाँ राजधानी काठमाडौंमा स्थापित शैक्षिक उद्यमी समेत हुनुहुन्छ ।

शैक्षिक क्षेत्रमा चार दशकभन्दा धेरै लाग्नु भएका उहाँ प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा निरन्तर प्रयत्नशिल रहनु भएको छ । देशभरीका प्राविधिक शिक्षा विकासका धरोहर मण्डनदेउपुर नगरपालिका वडा नं ८ निवासी कश्यपप्रसाद पौडेलको चर्चा यतीबेला काभ्रेपलाञ्चोक जिल्लाभर छ ।

आफ्नो स्थानीय तहको विकासको खाका लिएर पौडेल स्थानीय तहमा फर्कएपछि पौडेलको पक्षमा माहौल तातेको छ । पाका कार्यकर्ताहरु योजना लिएर आएकोमा पौडेलको स्वागत गरिरहनु भएको छ । तरुण तथा विद्यार्थीहरुले समेत संरक्षण गर्न सक्ने नेता पाएकोमा औधि खुसी देखिएका छन् ।

पौडेलले जिल्लामा प्रतिनिधी सभा तथा क्षेत्रीय सभापतिमा सहजै आफ्नो दावि गरेर विजयी हासिल गर्न सक्ने सामर्थ्य राख्नु हुने भएपनि आफ्नो गाउँको विकास आफैले गर्न भनेर स्थानीय तह मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको दावेदारी प्रस्तुत गर्नुभएको छ ।

आगामी असोज ९ गने हुने स्थानीय तहको निर्वाचनमा उम्मेदबारी दिने बताएसँगै उहाँको चर्चा मण्डनदेउपुर नगरभरी ब्यापक बनेको छ । पौडेलको योजना तथा राजनीतिक जीवनका बारेमा उहासँग गरेको कुराकानीको सार:

नेपाली कांग्रेसमा आबद्धता तथा आकर्षण ?

नेपाली कांग्रेसले २००७ सालदेखि प्रजातन्त्र स्थापनादेखिनै खेलेको भुमिका र अहिलेको आवश्यकतासम्म आईपुग्दा प्रष्ट भैसकेको छ । नेपाली कांग्रेस प्रजातान्त्रिक, समाजवादी पार्टी भएकाले यसमा म आबद्ध भए । यसको कारण उदारवादसँगै प्रजातन्त्र स्थापनामा खेलेको भुमिकाको कारणले यसमा आबद्ध भए ।

नेपाली कांग्रेसको नेतृत्व पपुलर लिडर विश्वेश्वर प्रसाद कोइरालाले गर्नुभयो । उहाँले २०१५ सालको सरकारको नेतृत्व गरेर पपुलर काम गरेको कारणले म यसमा आकर्षित भए । निरन्तर त्यो कर्ममा लागिरहे । मेरो सामाजिक तथा राजनीतिक जीवन सानो उमेरदेखि सामाजिक कार्यमा क्रियाशील रहँदै आएको थिए । १५/१६ बर्षमै उमेरमा राजनीतिक तथा सामाजिक कार्यमा क्रियाशील बने ।

मेरो राजनीतिक पदको हिसाबले २०५४ सालमा तत्कालिन स्थानीय महादेवस्थान गाविस उपाध्यक्षको उम्मेदबार बने । २०५४ सालमा तरुण दल जिल्ला कार्यसमिती सदस्य र हाल नेपाली कांग्रेसको संगठन विभागको जिल्ला सचिबको रुपमा कार्यरत रहेको छु । मैले शिक्षण पेशा समेत अङ्गाले । काठमाडौ आएपछि पुनः प्राविधिक शिक्षामा सक्रिय बने ।

मसंग मण्डनदेउपुरकै लोकप्रिय संस्था समाजसेवा समूहको बोर्डमा बसेर लामो समयसम्म काम गरेको अनुभव छ । डेडिथुम्का क्याम्पसको संचालक समितीको अध्यक्षको रुपमा काम गरिरहेको छु । २०६२ सालमा संस्थापक सदस्य हुँदै हाल अध्यक्षको जिम्मेबारीमा छु । मण्डनदेउपुरको विद्यालय, मठ मन्दिर, सडक बनाउने कार्यमा मेरो आर्थिक, भौतिक सहयोग रहँदै आएको छ ।

नेपाली कांग्रेसको मण्डनदेउपुरको नगरसभापतिमा यस कारणले मेरो दावि

नेपाली कांग्रेसको २०४९ सालमै क्रियाशील सदस्यता पाएपछि म अवनरत रुपमा यो पार्टीले दिएको जिम्मेवारी पुरा गरिरहेको छु । धेरै साथीहरु मसँग राजनिती गरेर जिल्लामा स्थापित हुनुहुन्छ । तर मैले साथीभाई, पार्टीका कार्यकर्तासँग आत्मियता सम्बन्ध भएको र म यही माटोमा जन्मिएको छोरा भएकाले मेरो आफ्नो स्थानीय तहमा बसेर अझै काम गर्न रहर छ । योजना छ । सोही योजना अनुसार काम गर्ने कार्ययोजना बनाएर नगरसभापतिमा दावेदारी पेस गरेको छु ।

विशेष गरेर नेपाली कांग्रेसलाई यथास्थितीमा मात्रै नभएर परिमार्जन गर्दै अहिलेको आवश्यकता अनुसार काम गर्ने ठोस योजना बनाएर पार्टीलाई अघि बढाउन नगर सभापतिमा दावि गरेको हुँ । पार्टी संचालन गर्दा आगामी निर्वाचन केन्द्रीत बनाएर गाउँ गाउँमा संगठन गर्ने, विगतमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढाउन योजना बनाएर अघि बढ्ने अठोट लिएको छु ।

साथीभाइसँगको नियमित सम्पर्क बढाउने, भातृ संगठन निर्माण गर्ने तथा नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्ने मेरो योजना छ । पार्टीको नर्सरीको रुपमा रहेको नेविसंघलाई चुस्त र दुरुस्त बनाउन मैले सभापतिमा दावि गरेको हुँ ।

मेरो सभापतिमा दावि भैरहँदा सिनियर नेताहरुको सम्मानको लागि तरुण तथा विद्यार्थीहरुका लागि उर्जा दिनको लागि र परिचालनको लागि मेरो उम्मेदवारी रहेको छ ।

विजयीको आधार
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता साथीहरु नै मेरो विजयीका आधारहरु हुनुहुन्छ । म आफै पनि मण्डनदेउपुरको छोरा भएकाले यहाँका क्रियाशील सदस्यले मलाई, मेरो योजनालाई, मैले विगतमा खेलेको भुमिकालाई राम्रोसँग बुझ्नु भएकाले उहाँहरुकै सल्लाहमा मैले उम्मेदवारी दिने योजना बनाएको हुँ ।

कांग्रेस राम्रो भएको हेर्न चाहनेहरुको सम्मानका लागि मेरो उम्मेदबारी हो । जसले कांग्रेसले विजयी चाहेको छ । कांग्रेसलाई राम्रो बनाउने योजना लिनु भएको छ । उहाँहरुले मलाई अघि बढाउन हामी साथमा छौ भनेर मलाई अघि सार्नुभएको छ । उहाँहरुको मत नै मेरो विजयीको आधार हो ।

मसंग मण्डनदेउपुर नगरपालिका परिर्वतन गर्ने पर्याप्त एजेण्डा छ । परिर्वतन चाहने, जो क्षेत्रीय प्रतिनिधी बनेर आउनु भएका नेताहरुको मतले म विजयी बन्नेमा ढुक्क छु ।

स्थानीय तहमा यस कारण फर्किए
म मण्डनदेउपुरमा जग बलियो बनाउन आएको हुँ । मैले जिल्ला प्रतिनिधी सभा तथा प्रदेशमा समेत दावि गर्न सक्दथे । तर मैले मेरो गाउँ, मेरो भुगोल नै बनाउन स्थानीय तहमा फर्केर आएको हो । मेरो स्थानीय तहलाई मजबुत बनाउने योजना बोकेर गाउँमा फर्किएको छु ।

त्यसैले हाम्रो जग बलियो बनाउन मैले उम्मेदबारी दिने योजना बनाएको हुँ । म फर्किएको भन्दा पनि बलियो भुमिका मात्रै खोजेको हुँ  । मेरो भुमिकाले मेरो पार्टी बलियो बनोस् । मेरो भुगोल बलियो बन्दै मेरो समाज समृद्धिको यात्रामा अघि बढोस भन्ने चाहना हो ।

यहाँका साथीहरुको माग तथा उहाँहरुको मनोभावना अनुसारको विकास गराउन मण्डनदेउपुरमा फर्किएको हुँ । सबैको साथ र सहयोग हुन्छ भन्ने पूर्ण आसा र विश्वास लिएको छु ।

समृद्धिको कुरा
मण्डनदेउपुरमै बाख्रा, गोरु चराएर, खेलेर, बढेर, संगठन निर्माणमा कुँदेर, श्रम र पसिना बगाएर अघि बढेको म सामान्य नागरिक भएको हिसाबले मेरा समृद्धिका सपनाहरु धेरै छन् । त्यसलाई पुरा गर्न दब्रिलो नेतृत्व चाहिन्छ । त्यसको नेतृत्व अब नेपाली कांग्रेस बाहेक अरु शक्तिबाट सम्भव छैन ।

त्यसका लागि सबै माग र मायाको कारणले उम्मेदबारी दिन लागेको छु । त्यसमा मेरो योजनाहरु छन् । त्यो योजना पुरा गराउन मैले भुमिका खेल्न सक्छु जस्तो लाग्छ । हामीले अहिलेसम्म खेलेको भुमिकाको आधारमा केन्द्र सरकार तथा प्रदेश सरकारसँग मैले विकासको योजना अघि बढाउन सक्छु भन्ने लागेको छ ।

मण्डनदेउपुरको समृद्धीको सपना मैले जति धेरै कसले पो देखेको होला र ? सानो उमेरदेखिनै यसलाई कसरी राम्रो बनाउने, यहाँका दाजुभाइलाई कसरी खुसी र सुखी बनाउने भनेर मैले योजना बनाएको छु ।
अहिले बाँझो बसेका जमिनको माटो जाँचेर त्यसमा आधारित खेती र किसानीको विकासमा मेरो जोड रहेनेछ । ठूला फर्म स्थापना गर्ने । हाम्रो उत्पादन हुने कुरा नगरकोटलाई लाने कुरामा हामीले ध्यान दिएका छौ ।

नगरकोट, इन्द्रावतीको फाँट, चाखोलाको फाँट, साना टारहरुमा फरक फरक योजना बनाएर विकास गर्ने खाका म सँग छ । त्यो समय क्रममा सार्वजनिक अवश्य नै गर्नेछु ।

हामीसँग धेरै आधार छन् । त्यसलाई म समय क्रममा निरन्तर सार्वजनिक गर्दै जानेछु । यो मेरो मात्रै सपना हैन । सबै दाजुभाईको सपना हो । त्यो सपनालाई दृढ संकल्पको साथमा पुरा गर्नेछु । त्यसका लागि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधी बनेर आउनु भएका नेताहरुको अमूल्य मत आवश्यक छ ।

Post Views: 158

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकालाई कोभिड १९ बिरुद्धको पूर्ण खोप नगर घोषणा गर्ने तयारी

काभ्रेका चार जना बने नेकपा (एकीकृत समाजवादी) अनेमासंघको केन्द्रीय सदस्य

काभ्रेका चार जना बने नेकपा (एकीकृत समाजवादी) अनेमासंघको केन्द्रीय सदस्य

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!