नयाँ पुस्ता र पुराना पुस्ताले एक अर्कालाई छर्लङ्गै देखिने गरी राखिएको कुर्सी । दायाँ बायाँ दोस्रो पुस्ता । केहि चाहिँ नयाँ र पुराना पुस्ताको कुरा सुन्न बसेका ।
नयाँ पुस्ताको कुर्सीमा विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी । पुराना पुस्तामा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष, पाँचखालका अग्रज हजुर बा, हजुर आमा । अनि समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, महिला समूह, शिक्षक ।
बुधबार पाँचखाल नगरपालिकाको सभा हलको दृश्य हो यो । कार्यक्रम थियो, सामुदायिक सारथीले आयोजना गरेको ‘सुशासन प्रर्वद्धनका अन्तर पुस्ता संवाद’ । कार्यक्रमको सहजीकरण गर्दै सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले नयाँ र पुराना पुस्ताका बीच देखिको अन्तर कम गराउने विबय प्रवेश गराउनु भयो ।
पाँचखालको ईतिहास सर्व मंगला बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारीले युवा पुस्तालाई बताउनुभयो । युवा पुस्ताले रूची पूर्वक सुने । जनसंख्या बृद्धि, बसाँईसराई र नयाँ प्रविधिले विविधता फेरिएको बताउनुभयो ।
कार्यक्रमको बीचमा भ्रष्टाचारको प्रश्न उठ्यो । नयाँ पुस्ताले निकै चासो दिए । भने हाम्रो निर्वाचनमा धेरै खर्च गर्ने र जितेपछि त्यो पैसा उठाउन खोज्दा भ्रष्टाचार बढेको बताए । ‘अहिले राजनीतिक संरक्षण र शक्तिको दुरुपयोगले भ्रष्टाचार बढेको मैले महशुस गरेको छु, नयाँ पुस्ताको तर्फबाट बिमला तिमल्सिनाले बन्नुभयो ।’
तर पुरानो पुस्ताका दिननाथ ढुङगानाले पहिला सबै अनुशासनमा रहेको कारण अनियमितता र भ्रष्टाचार भन्ने नै थाहा नहुने गरेको बताउनुभयो । सबै ईमान्दार थिए । अनुशासन बस्थे । पहिला धेरै काम श्रमदानमा हुन्थ्यो । अहिलेका पुस्ता सबै काम गर्न पैसा खोज्छन्, अनि भ्रष्टाचार पनि बढेको जस्तो लाग्छ, ढुङ्गानाले भन्नुभयो ।’
पहिलो बिवाह कसरी हुन्थ्यो ? युवा पुस्ताको तर्फबाट मन्दिरा लुइँटेलले सोध्नुभयो । ‘पहिलो रजस्वला नहुँदै बिहे हुन्थ्यो । मेरो पनि रजस्वला नहुँदै बिहे भयो ।’ मञ्चको बीचबाट एक जना हजुर आमाले भन्नुभयो । त्यसैमा थप्नुभयो दामोदर अधिकारीले ‘पहिले बिहेको अभिभावकको निर्णयमा हुन्थ्यो । केटा पक्ष केटी खोज्न जान्थ्यो । लमी खटाईन्थ्यो । धेरै जसोले सट्टा बिहे पनि गर्थे ।
छोरा मात्रै भएका घरमा दुलही भित्र्याउन निकै मुस्किल पर्थ्यो । हाम्रो पाँचखालमा जात्राबाट पनि बिहे हुने चलन थियो । अहिले त धेरै जसो बिहे फेसबुकबाटै चिनजान गरेर भएको सुन्छु । पहिले त बिहे हुनु अघि केटा र केटीले देख, भेट त के फोनमा कुरा समेत गर्न पाउँदैन थिए, अधिकारीले भन्नुभयो ।’
पहिलो नीति नियम कसरी बन्थ्यो ? युवा पुस्ताको तर्फबाट प्रश्न आयो । जवाफ दिनुभयो ‘पूर्व पाँचखाल गाउँ पञ्चायत प्रमुख बन्नु भएका दिननाथ ढुङ्गानाले ‘पहिले लिखित कानुन निकै कम थियो । सामाजिक मुल्य, मान्यता र संस्कार त्यो बेलाको कानुन हो । हाम्रै पाँचखालका केहि ठाउँमा अझैपनि अलिखित कानुन छ ।’
नयाँ पुस्ताकी सञ्जिता मिजारले निकै भाबुक हुँदै सोध्नुभयो ‘पहिला जात जात बीच किन बिभेद गरियो, जुन अहिलेसम्म पनि यथावत छ ? केहि छिन पुरानो पुस्ता अकमक्क परे । दामोदर अधिकारीले जवाफ दिनुभयो ‘हो पहिलो कयौँ कुरिति थियो । अहिले यहि बिषयमा युवा पुस्ताको आक्रोश छ । हाम्रो पुस्ताले अंगालेको त्यसा कुरितिहरू नयाँ पुस्तालाई सिकाउनु हुँदैन् । राम्रो कुराको मात्रै अनुसार गर्ने हो ।’
लगभग कार्यक्रम अवधिभर नयाँ र पुराना पुस्ताको कुरा रूची पुर्वक सुन्नु भएका उपप्रमुख लक्ष्मी दनुवारले आफ्नो बाल्यकाल सम्झिनुभयो । ‘स्कुलबाट घरपुगेपछि हरेक दिन हजुर आमा र हजुर बुबासंग कथा सुन्न बस्थेँ । पालै पालो कथा सुनाउनु हुन्थ्यो । तर अहिले मेरो ७ बर्षको छोरा बिहान उठेदेखि नै पढाई र मोबाइलमा ब्यस्त हुन्छ । म साच्चै भन्ने हो भने हजुर बाआमाको काखैमा हुर्किए, उपप्रमुख दनुवारले भन्नुभयो ।’
सामुदायिक सारथीका अध्यक्ष कृष्ण प्यारी नकर्मीले प्रविधिलाई दोषलाई दोष दिएर उम्कन नमिल्ने बताउनुभयो । ‘अहिले नयाँ पुस्ता र प्रविधि जोडेर बहस हुने गरेको छ । तर कतै हाम्रो सिकाई नै पो गलत छ की ? एक पटक सोचौँ । नयाँ पुस्ता र पुराना पुस्ता मिल्दा मात्रै दिगो विकास हुने हो । हामीले पुस्ता-पुस्ता बीचको अन्तर बढाउने होईन । आ आफ्नो घरबाट सुरू गरौँ । पक्कै पनि अहिले देखिएको असन्तुष्टि कम हुन्छ, अध्यक्ष नकर्मीले भन्नुभयो ।’
Facebook Comments