अरनिको राजमार्ग अन्तर्गत काभ्रेको जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ५ खाँवाबाट अबैध चिरान काठ सहित एक जना प क्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर वडा नम्बर ४ का ३३ बर्षीय प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले बा.८.च ३१३ टाटा बोलेरो र बिभिन्न नाप साईजको चिरान काठ-१५ थान अर्थात ४७.६५५ क्यूफिट बरामद गरेको छ ।
राजमार्गमा चेकजाँच गर्ने क्रममा पाँचखालबाट धुलिखेल तर्फ आईरहेको बा.८.च ३१३ टाटा बोलेरो गाडिमा सम्बन्धित कार्यालयको ईजाजत पत्र बिना अबैध सल्ला जातको चिरान काठ बरामद गरिएको हो ।
बरामद गरिएको काठ गाडी र चालकहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Facebook Comments