नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेका उपाध्यक्ष समेत रहनुभएका सांसद हुमागाईले जिल्लामा एमाले चौथो दल हुने ठोकुवा गर्नुभयो । काभ्रेको १३५ वटै वडामा वडा कमिटी निर्माणको काम तीव्र गतिमा भैरहेको छ । काभ्रे जिल्लामा एमाले चौथो दल बन्ने छ । चिन्ह मात्रै ठूलो कुरा होइन । एमाले भन्दा हामी बलियो छौँ, सांसद हुमागाईले भन्नुभयो ।
सांसद बसुन्धरा हुमागाईले एमाले र सूर्य चिन्ह प्रति कुनै गुनासो नरसेको बताउनुभएको छ । आज काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ ढाँडा गाउँमा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफु एमाले पार्टी र सूर्य चिन्हबाट निर्वाचित भएको भन्दै एमालेभित्रका केहि ब्यक्तिले पार्टीलाई तहसनहस पारेको आरोप लगाउनु भयो ।’एमालेभित्र यस्तो ब्यक्ति छन् । जसलाई पार्टी निर्माण होईन । आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा अरू केहि छैन् । उनीहरूकै कारण पार्टी छिन्नभिन्न भयो, सांसद हुमागाईले भन्नुभयो ।’
एमाले अब ब्यापारीहरूको हातमा पुग्ने र जनताको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी मात्रै हुने उहाँको भनाइ थियो । पद बाँड्दै हिँडेर पार्टी जनमुखि नहुने उहाँ भनाई छ । ‘पद बाँड्दै हिँडेर पार्टी बलियो हुँदैन । अहिले एमालेका जिम्मेवार साथीहरू एउटै वडाका कयौँ ब्यक्तिलाई एउटै पद बाढी रहेका छन् । एमाले र सूर्य चिन्ह बेचेर खाने मात्रै एमालेमा रहन्छन्, सांसद हुमागाईले भन्नुभयो ।’
Facebook Comments