काभ्रे जिल्लामै उत्कृष्ट संगठन रहेको दाबी गर्ने कांग्रेसले महाभारत गाउँपालिकामा ठूलो झड्का बेहोरेको छ । महाभारतका प्रभावशाली नेता नेकपा माओवादी केन्द्रमा प्रवाश गरेपछि कांग्रेसलाई ठूलो झड्का लागेको हो ।
१४ औं अधिवेशनको मुखैमा महाभारत गाउँपालिका वडा नम्बर ५ का नेपाली काङ्ग्रेस नेता कमल बहादुर वाईबा माओवादीमा प्रवेश गर्नु भएको हो । वाईबा कांग्रेसको १३ औं वडा अधिवेशनमा वडा सभापतिको प्रत्याशी हुनुहुन्थ्यो । वाईबा १२ भोटको अन्तरले वडा सभापतिमा पराजित हुनुभएको थियो ।
वाईबालाई बनेपा पार्टी कार्यालयमा जिल्ला ईन्चार्ज सूर्यमान दोङ, अध्यक्ष रूकु चौलागाई, नेताहरू ईन्द्र बहादुर थिङ, कान्छालाल जिम्बा लगायतले स्वागत गर्नुभएको थियो । महाभारत गाउँपालिकामा कांग्रेसले संगठन बलियो हुँदा हुँदै पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार बेहोरेको थियो ।
Facebook Comments