एमाले सांसद एवं अनेरास्ववियूकी पूर्व केन्द्रीय अध्यक्ष नविना लामाले आक्रोश व्यक्त गर्नुभएको छ । अनेरास्ववियूको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरे गलत्तै सांसद लामाले आक्रोश व्यक्त गर्नुभएको हो ।
सांसद लामाले एमालेभित्र बिभेदले सिमा नाघेको बताउनुभएको छ । एमालेमा निष्ठावान कार्यकर्तालाई अन्याय भएको सांसद लामाले बताउनुभयो । एमालेमा बिभेदले सिमा नाघेको र चाकडी हाबी भएको सासंद लामाको भनाई छ ।
सांसद लामाले सामाजिक सञ्जाल फेसबुक लेख्नुभएको छ: ‘अब झन यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान कार्यकतालाई न्यायको ढोका बन्द हुदै गएको र बिभेदले सिमा नाँघेको अनुभुति भयो ! चाकडीबाद मुर्दावाद’
Facebook Comments