नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष टोक बहादुर वाईबाले एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटा र एमाले जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको भण्डाफोर गर्नुभएको छ । आज धुलिखेलमा आफ्नो पार्टीको नगर कमिटी गठन कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले बाँस्कोटा र ब्याञ्जुको भण्डाफोर गर्नुभएको हो ।
अध्यक्ष वाईबाले आफु एमालेको अध्यक्ष रहिरहँदा बहुमतको दम्भ देखाएर जिल्ला कमिटी बैठक समेत बस्ने नदिने गरेको खुलसा गर्नुभयो । ‘बहुमत सदस्यको आडमा निर्वाचित जिल्ला अध्यक्षलाई नियमित बैठक समेत सञ्चालन गर्न नदिने । जिल्ला कमिटी बैठक बस्नु अघि ओली समूहको छलफल हुने गर्थ्यो । केन्द्रमा ओली र जिल्लामा गोकुल बाँस्कोटा प्रवृत्तिले एमाले तहसनहस भयो, अध्यक्ष वाईबाले भन्नुभयो ।’
अध्यक्ष वाईबाले गोकुल बाँस्कोटाले सिँगो काभ्रेली जनताको बेइज्जत र आफन्त निर्वाचन क्षेत्रका मतदानको अपमान गरेको बताउनुभयो । ‘हामीले धेरै त्याग गरेर सरकारमा पुर्याएको गोकुल जीले काभ्रेली आम मतदाताको अपमान गर्नुभयो । हामी आफ्नो जिल्लाको बदनाम गराउनको लागि उहाँलाई सरकारमा पठाएका होइनौँ, अध्यक्ष वाईबाको भनाई थियो ।’
थप हेरौँ भिडिओमा
Facebook Comments